आर्थिक पुनरुद्धारलाई अगाडि बढाउन सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेर बहादुर देउवाले आर्थिक पुनरुद्धारलाई अगाडि बढाउन सरकार तयार रहेको बताएका छन् । आर्थिक पत्रकार समाज ९सेजन०को रजत जयन्तीका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन।

‘कोभिड( १९ को महामारी नसकिए पनि हामी सामान्य अवस्थातिर आउँदैछौं,’उनले भने, ‘अब आर्थिक पुनरूत्थानलाई तीव्रताका साथ अघि बनाउन सरकार प्रतिबद्ध छ । मुलुकमा लगानीको वातावरण बनाइने छ ।’

उनले मुलुकमा दोस्रो चरणको सुधार आवश्यक रहेको भन्दै प्रजातन्त्रको स्थापनापछि मुलुकमा आर्थिक क्षेत्रमा खुला बजार नीतिको शुरूआत भएको बताएका छन् । मुलुकमा आर्थिक सुधार गरिएका केही निजी लगानी वृद्धि भएको भन्दै उनले उद्योग, बैंक तथा वित्तीय संस्थाहरू, वायुसेवा कम्पनी जलविद्युुतमा उदाहरणीय काम गरेको बताए ।

नेपाललाई अल्पविकसित राष्ट्रबाट विकाससील मुलुकमा स्तरोन्नति गर्ने निर्णय हालै संयुक्त राष्ट्रसंघको महासभाले गरेको भन्दै उनले लामो समयदेखि गरिब मुलुक बनेर बस्नुपर्दाको लघुताभाषबाट मुक्ति पाउन स्तरोन्नतिको निर्णय महत्वपूर्ण रहेको बताए ।

आर्थिक पुनरुद्धारलाई अगाडि बढाउन सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री

दक्षिण कोरियामा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट

आर्थिक पुनरुद्धारलाई अगाडि बढाउन सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री

आगामी तीन दिन हिमपातको सम्भावना

Leave a comment

Your email address will not be published. Required fields are marked *