भ्रष्टाचार विरुद्धको गीत पुरस्कार नवीन पौडेललाई

काठमाडौं :  गायक तथा संगीतकार नवीन पौडेललाई भ्रष्टाचार विरुद्धको गीत पुरस्कार दिइने भएको छ। अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनले प्रदान गर्ने एक हजार डलर राशिको उक्त पुरस्कार संगीतकार पौडेललाई प्रदान गर्ने निर्णय गरिएको हो।

अमेरिकाको टेक्सासमा स्थापित हेम(सरिता पाठक प्रतिष्ठानले प्रदान गर्ने उक्त पुरस्कार उत्कृष्ट शब्दको लागि पौडेललाई पुरस्कार प्रदान गरिने भएको हो।

यसअघि पनि एक हजार डलरको भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिता र दुई हजार अमेरिकी डलर राशिको टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार २०७७ घोषणा भइसकेका छन्।

प्रतिष्ठानले सङ्गीतका अलावा पत्रकारिता र साहित्यमा पुरस्कारहरू प्रदान गर्दै आएको छ। यस्तै, नेपालमा स्कुल सञ्‍चालन, विपन्नवर्गको लागि घर निर्माण र आयमूलक कार्यक्रमको लागि रकम अनुदानसमेत उपलब्ध गराउँदै आएको छ।

यसैगरी, प्रतिष्ठानले झापा जिल्लाका विभिन्न क्षेत्रका अशक्त र असहायलगायत दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई काठमाडौं ल्याएर पठनपाठन गराइरहेको छ।
तीनवटै पुरस्कार काठमाडौंमा एक समारोहको आयोजना गरी प्रदान गरिने बताइएको छ।

भ्रष्टाचार विरुद्धको गीत पुरस्कार नवीन पौडेललाई

दक्षिण कोरियामा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट

Leave a comment

Your email address will not be published. Required fields are marked *