पहिरोले अवरुद्ध बन्यो कर्णाली राजमार्ग

कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका–१० चौखोलास्थितमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।

आइतबार बिहान करिब १०ः०० बजे राजमार्गको माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो। राजमार्गमा पहिरो आएर सडक अवरुद्ध भएको र अहिले राजमार्ग खुलाउने प्रयास जारी रहेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए।

‘सडक विभाग तथा स्थानीय तहयसँग समन्वय गरी राजमार्ग खुलाउने पहल भइरहेको छ,’ उनले भने,‘आज साँझसम्म राजमार्ग खुलाउने तयारी भएको छ।’

राजमार्ग अवरुद्ध हुँदा जुम्लाबाट सुर्खेत तथा नेपालगञ्ज आउने र सुर्खेतबाट जुम्ला जाने मालबाहक सामान बोकेका ट्रक तथा यात्रु बोकेका सवारी साधन अलपत्र परेका स्थानीयवासी स्थानीय राजबहादुर मल्लले जानकारी दिए।

पहिरोले अवरुद्ध बन्यो कर्णाली राजमार्ग

फेरि बढ्यो कर्णालीमा कोरोना संक्रमण

पहिरोले अवरुद्ध बन्यो कर्णाली राजमार्ग

नेपाल पक्षको निर्णय लगत्तै सरकारले पूर्णता पाउँछ

Leave a comment

Your email address will not be published. Required fields are marked *