फेरि बढ्यो कर्णालीमा कोरोना संक्रमण

सुर्खेत । कर्णालीमा पुनः कोरोना संक्रमण बढ्न थालेको छ । पछिल्लो एक हप्तामा मात्रै साढे चारसय संक्रमित थपिएका छन् । साउन १० गतेदेखि १६ गतेसम्म कुल चारसय ४० जना संक्रमति थपिएका हुन् ।

तथ्याङ्क अनुसार साउन १० गते २१ जना, ११ गते ६८ जना, १२ गते ४२ जना, १३ गते ६१ जना, १४ गते ९४ जना, १५ गते ७० जना र १६ गते ८४ जना संक्रमित भएका छन् ।
प्रदेशका दश जिल्ला मध्ये सुर्खेतमा सबैभन्दा धेरै संक्रमण फैलिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीका अनुसार कुल संक्रमित मध्ये वीरेन्द्रनगरमा मात्रै दुईसय दुई जना सक्रिय संक्रमित छन् । दैलेखमा ४० जना, जाजरकोटमा २० जना, सल्यानमा २२ जना, रुकुमपश्चिममा ७७ जना, ४६ जना, मुगुमा पाँच जना, हुम्लामा सातजना छन् ।

निषेधाज्ञा खुकुलो हुनु र सुरक्षा मापदण्डको पालना नहुँदा संक्रमण पुनः फैलिएको हो । संक्रमण बढेपछि आज (आइतबार) देखि निषेधाज्ञामा कडाइ गरिने भएको छ । अब समय निर्धारण गरेर मात्रै बजार तथा पसलहरु खोल्न दिइने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

स्वास्थ्य मापदण्डको वेवास्था गर्दै वीरेन्द्रनगर–४ को वडा स्वास्थ्य चौकीमा कोरोना खोप लगाउन लाइनमा बसेका नागरिकहरु ।

जसअनुसार आजदेखि पुनः खाद्यान्न पसल बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म मात्रै खोल्न पाइने भएको छ । तरकारी, फलफूल, दुग्धजन्य पदार्थका पसल भने बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइने छ । त्यस्तै सार्वजनिक सेवा प्रवाह गर्ने र विकास निर्माणसँग सम्बन्धित कार्यालयहरुले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्ने, होटल तथा रेस्टुरेन्टमा कूल क्षमताको ५० प्रतिशत नबढ्ने गरी सञ्चालन गर्नेगरी खुकुलो मापदण्ड बनाएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जनाए ।

यता संक्रमण बढेसँगै कर्णाली प्रदेश सरकार तेस्रो भेरियन्टको कोरोना नियन्त्रण तथा रोकथाममा जुटेको छ । तेस्रो भेरियण्टको सामना गर्नेगरी प्रदेश सरकारले तयारी थालेको प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले जनाए । नागरिकको स्वास्थ्यप्रति प्रदेश सरकार गम्भीर रहेको बताउँदै उनले प्रदेश सरकारले तेस्रो भेरियन्ट नियन्त्रणका लागि जुटेको बताए ।

‘प्रदेश सरकार तेस्रो भेरिन्टको रोकथाम तथा नियन्त्रणको तयारी जुटिसकेको छ’ उनले भने, ‘तेस्रो भेरियन्टका लागि आवश्यक तयारी जनशक्ति, उपकरणको व्यवस्थापनमा भइरहेको छ ।’ नागरिकको स्वास्थ्यप्रति गम्भीर रहेको भन्दै उनले सरकारको पहिलो प्राथमिकता स्वास्थ्य राखेका बताए । नागरिकको ज्यूधनको सुरक्षाको लागि सरकारले प्रदेशका हरेक नागरिकलाई कोरोना विरुद्धको खोपको व्यवस्थापन गर्ने जनाए ।

निषेधाज्ञा औपचारिकतामै सिमित

सुर्खेतमा गएको बैशाख १४ गतेदेखि लागु भएको निषेधाज्ञा अहिले पनि जारी छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोनाको संक्रमणको दर पुनः बढ्न थालेपछि निषेधाज्ञालाई निरन्तरता दिएको छ ।

प्रशासन कार्यालयले स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, इन्धन, खानेपानी, सार्वजनिक तथा वित्तीय निर्माण कम्पनीसम्बन्धी कार्यहरु, बैंक तथा वित्तीय संस्थाहरुलाई निर्वाध सञ्चालन गर्न दिएको छ । तरकारी फलफूल, दुग्धजन्य पदार्थ बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म, खाद्यान्न पसल बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म खोल्न सकिने समयावधि निर्धारण गरिएको छ ।

सार्वजनिक सेवा प्रवाह गर्ने र विकास निर्माणसँग सम्बन्धित कार्यालयहरुले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्ने, होटल तथा रेस्टुरेन्टमा कूल क्षमताको ५० प्रतिशत नबढ्ने गरी सञ्चालन गर्ने गरी खुकुलो मापदण्ड बनाएको छ । तर यो निषेधाज्ञा औपचारिकतामै सिमित छ । सामाजिक दुरी, मास्क तथा सेनिटाइजर जस्ता सुरक्षा सावधानी अपनाइएको छैन ।

विद्यालय बाहेकका अन्य सबै क्षेत्र पुरानै अवस्थामा फर्कन थालेका छन् । सुरक्षा सावधानीमा ख्याल नपु¥याउँदा संक्रमण बढ्ने जोखिम छ । प्रशासनले भने स्वास्थ्यका मापदण्डको पूर्णपालना गरी सबै तहका परीक्षा सञ्चालन गर्न, सार्वजनिक यातायातका यात्रुलाई अनिवार्य मास्क लगाउन, भौतिक दूरी कायम गर्न उत्पे्ररित गर्नुपर्ने, विवाह, ब्रतबन्ध, मृत्यु संस्कारजस्ता सामाजिक कार्यमा २५ जनामा सीमित रहेर सम्पन्न गर्नुपर्ने, मठ–मन्दिर, गुम्बा, मस्जिदलगायतका धार्मिक स्थलमा पूजारीले नित्यकर्मबाहेक सामूहिक पूजापाठ, मेला महोत्सव नगर्न प्रशासनले अपिल गरेको छ ।

फेरि बढ्यो कर्णालीमा कोरोना संक्रमण

‘जनताको सेवा गर्नेहरु विकटतासँग डराउनु हुँदैन’

फेरि बढ्यो कर्णालीमा कोरोना संक्रमण

पहिरोले अवरुद्ध बन्यो कर्णाली राजमार्ग

Leave a comment

Your email address will not be published. Required fields are marked *