घुँयत्राे : पाटीको कार्यकर्तै हुनु त विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिहं जस्तो हुनु ।

पाटीको कार्यकर्तै हुनु त मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिहं जस्तो हुनु । नत्र नहुनु भन्ने स्थिति आयो ! उनले आफ्नो विद्यार्थी संगठनका विद्यार्थीका अगाडि बोल्या कुरा सार्वजनिक हुँदा त हँ !
उनी विविमा आएदेखि नै अरुदलका शिक्षक हुन् वा कर्मचारी या विद्यार्थी । सबलाई रिङाएर एमाले भर्तिकेन्द्र बनाउन मात्रै प्रयास गर्दा विविमा सँधै तनाव रह्यो । द्धन्द्ध व्यबस्थापन विषय पढाउने विश्विवद्यालयमा सधैं मारामार हुने गरेछि विविमा पुलिसले सेवा गर्नुपर्ने अवस्था आको तपाईं हाम्ले पटक्कै विर्सेका छैनम् ।
कुनै न कुनै उटपट्याङ्ग नगरी बस्न नसक्ने उपकुलपतिले देशाँ प्रधानमन्त्री अनि उनको कुलपति फेरिएछि फेरि अर्काे ताण्डव गरेछि अहिले त्यही कुराले चर्चा पाईराछ । उनले बोलेको कुरा त सही हो । उनी ओलीबाकै मान्छे हुन् । त्यसैले उनैको नुनको सोझो गर्ने हो ।
त्यसैले पनि कुलपति शेरबहादुरलाई मान्दिन भनेर अभिब्यक्ति दिनु उनको स्वविवेकीय र निजी बिचार पनि हो । उनलाई ओलीले नियुक्त गरे । ओलीबा गए उनलाई नी ओलीबालाई जस्तै फाल्नु पर्याे । उनलाई उपकुलतिबाट फाल्न नसकेछि सरकार वा देउवाकोविरुद्ध त बोल्नै भएन नी ! त्यही भएर त देउवालाई मान्दैन भने । देउवाको हुतिहारा सरकार उनलाई फाल्नै सक्दैन त यसमा उनको के दोष ?
सुर्खेतीले कति दुख गरेर मपविवि जन्मा हुन् भन्ने कुरासित नन्द सिंहलाई के मतलव ? न उनको जिल्ला हो याे न उनले विविका निम्ति केही योगदान गर्या छन् । उनको दल सत्ताँ आयो कुलपतिले नियुक्त गरेर पठायो । उपकुलपति भएर आए अरु बाँ कुरासित कुनलाई के सरोकार ।
जागिर खाछन्, अनि बस्या छन् । उनी पनि के गरून् ? राजनीतिक नियुक्ति हो, नियुक्ति गर्ने मान्छेलाई नि देखाउनै पर्याे । त्यो देखाउने कुरा नियुक्ति गर्ने कुलपतिको इच्छाविपरित हुनु भएन । अनि इच्छामुताविक गर्दा उनले एमालेको सपोर्टमा नगरेर अरुको सपोर्टमा गर्ने त कुरै भएन ।
आँफू बसुन्जेल राइँदाइँ गर्ने हो । नहुँदा दिन कल्ले पुच्छ उनलाई । त्यसैले नी जोसुकै कुलपति आएनी भष्टाचार र राजनीतिक अखडाँ परिणत भा विविबारे चिन्ता गर्नु पर्ने ठाउँनै छैन । किन त भन्दा विवि जन्माउने सुर्खेतकाले उपकुलपति नपाउने । प्रधानमन्त्री जाँ को र जुन पार्टीको आयो, त्यैँकाले उपकुलपति पाउने भएछि सुर्खेतका न प्रधानमन्त्री हुने न मपविविले उपकुलपति पाउने ।
त्यसैले मौका पारेर चर्न आउने उपकुलपति जसरी चर्छन् चरुन भनेर रमिता हेर्नेबाहेक हामी सर्वसाधारण जनता केही काम छैन । उपकुलपति ज्यु जेजे ब्यहोरा मिलाउनुपर्ने हो मिलाउनोस् । तपाइँलाई न त सुर्खेतीले केही नाप्न सक्छन्, न देउवा सरकारले ।
अँझै एकआध बर्ष देउवा सरकारले तपाइँलाई केही लुतो लाउन सक्दैन । मौका यही हो । लुटन सके लुट, अन्त गए के कसो हो, सुर्खेतमै हो लुटने । उपकुलपतिज्यु सुर्खेत मै हो लुट्ने ।
-वेदर्षि






