मध्यपश्चिम विश्वविद्यालयमा आन्दोलन चर्काउने घोषणा

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा आन्दोलनरत विद्यार्थीहरुले आन्दोलनलाई थप चर्काेउने घोषणा गरेका छन् । विश्वविद्यालयले मागहरु सम्बोधन नगरेको भन्दै संयुक्त विद्यार्थी संगठनले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।

आन्दोलनका कार्यक्रम अन्तरगत आज (आइतबार) विश्वविद्यालयका सम्पूर्ण सवारी साधानहरु अनिश्चितकालीन रुपमा बन्द गर्ने, १८ गते सम्पूर्ण आंगिक क्याम्पसमा अनिश्चितकालीन तालावान्दी गर्ने, १९ गते उपकुलपति, रजिष्ट्रार र परीक्षा प्रमुखको कुकुर अभिनन्दन गर्ने र २० गतेदेखि रिले अनसन गर्ने घोषणा गरेका हुन् ।

आन्दोलनबाट उत्पन्न हुने भैपरी आउने दुर्घटनाको सम्पूर्ण जिम्मेवारी विश्वविद्यालयले लिनुपर्ने स्ववियू सभापति झक्कबहादुर शाहीले जानकारी दिए ।

अनलाइन माध्यमबाट परीक्षा लिन पाउनुपर्ने, कोरोना अवधिको शैक्षिक शुल्क खारेज गरिनुपर्ने लगायतका १८ बुंदे माग गर्दै नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरा स्ववियु र अखिल छेठौं सम्बद्ध विद्यार्थीहरु आन्दोलनरत छन् ।

मध्यपश्चिम विश्वविद्यालयमा आन्दोलन चर्काउने घोषणा

YUGAAWHAN NATIONAL DAILY (2078-04-17)

मध्यपश्चिम विश्वविद्यालयमा आन्दोलन चर्काउने घोषणा

घुँयत्राे : पाटीको कार्यकर्तै हुनु त विश्वविद्यालयका

Leave a comment

Your email address will not be published. Required fields are marked *