ओलीलाई भेटेर फर्किए रावल र पाण्डे

काठमाडौं । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर नेताद्वय भीम रावल र सुरेन्द्र पाण्डे फर्किएका छन्। पार्टीभित्रको विवाद समाधानको एजेण्डा लिएर रावल र पाण्डे बालकोट पुगेका हुन्। एमालेले आज दिउँसो ३ बजे स्थायी कमिटीको बैठक बोलाएको छ।

केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरणलगायतका विषयमा छलफल गर्न बैठक बोलाएको हो।

विघटित कार्यदलले पार्टी एकता प्रयास जारी रहेको बताएपछि हिजो केही समय बसेर बैठक स्थगित गरिएको छ। वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेता भीम रावलले बैठक स्थगित गर्न माग राखेपछि ओली सकारात्मक भएर आजसम्मको बैठक बैठक स्थगित गरिएको स्थायी कमिटी सदस्य सुवास नेम्बाङ बताउँछन्।

ओली र नेता नेपाल समूहले आआफ्नो अडान राखेपछि पाटी एकताको सम्भावना टर्दै गइरहेको छ। एकताका लागि ओलीले नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको बताएका छन्।

तर, नेपालले ओलीसरह समान हैसियत नपाएसम्म एकताको सम्भावना अडान राख्दै आएका छन्। विघटित कार्यदलका नेताहरूले पनि १० बुँदे सहमति र दुई अध्यक्ष बनाउनेबारे सहमतिको खोजी थालेका छन्।

ओलीलाई भेटेर फर्किए रावल र पाण्डे

योजना अनुगमनको दौडधुपमै कर्णालीका भौक्तिक मन्त्री थापा

ओलीलाई भेटेर फर्किए रावल र पाण्डे

शहिदका सपनाको “बलात्कार” गर्दै कर्णाली !

Leave a comment

Your email address will not be published. Required fields are marked *