योजना अनुगमनको दौडधुपमै कर्णालीका भौक्तिक मन्त्री थापा

सुर्खेत । कर्णाली प्रदेशका भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा सुर्खेत जिल्लाका विभिन्न ठाउँमा रहेका योजना अनुगमनको दौडधुप् हिँडेका छन् । प्रदेश सरकारले निर्माण गरेका केहीँ योजनाहरू र निर्माण हुँदै गरेका योजनाहरूको अनुगमनलाई तिव्रता दिएका हुन् ।

अनुगमनको क्रममा मन्त्री थापाले शनिवार सुर्खेतको पुर्वी क्षेत्रमा रहेको सिम्ता गाउँपालिकामा निर्माणधिन् कर्णाली प्रदेश सरकारबाट निर्मित भौतिक संरचनाको स्थलगल अनुगमन तथा निरिक्षण समेत गरेका छन् ।

साथै सुर्खेत स्थित राकम, बजेडिचौर, काफलकोटका स्थानहरूमा भइरहेका र सम्पन्न भईसकेका योजना कार्यहरुको अनुगमन पनि गरिएको मन्त्रीमा प्रेस सल्लाहकार च्रक केसीले जानकारी दिए ।

त्यस्तै भानु मावि बजेडीचौर, नेपाल राष्ट्रिय मावि, मावि देउली लापु, सिर्पा देउलि काफलकोट सडक, जितेजुवा पाठोकाट्ना–काफलकोट सडकको स्थालगत अवस्थाको बारेमा अनुगमन समेत भएको छ ।

मन्त्री थापाले आफ्ना हितैसि साथि ऋषि शर्मालाई सम्झदा भावविह्वल हुँदै ऋषि जन्म थलोमा पुगेर ऋषि शर्माकोे सपना साकार गर्ने कसरत गरिरहने बचन पोखेका छन् ।

योजना अनुगमनको दौडधुपमै कर्णालीका भौक्तिक मन्त्री थापा

ओलीलाई भेटेर फर्किए रावल र पाण्डे

Leave a comment

Your email address will not be published. Required fields are marked *