मध्यपश्चिम विश्वविद्यालयमा संयुक्त विद्यार्थी संगठनद्वारा थप आन्दोलनको घोषणा

सुर्खेत । संयुक्त विद्यार्थी संगठनहरुले मध्यपश्चिम विश्वविद्यालयमा थप आन्दोलन चर्काउने घोषणा गरेका छन् ।

आफुहरुले राखेको १८ बुँदे माग विश्वविद्यालयले सम्बोधन नगरेको भन्दै शनिबार थप आन्दोलन चर्काउने घोषणा गरेका हुन् ।

जसअन्तर्गत आइतबार विश्वविद्यालयका सम्पूर्ण सवारी साधन अनिश्चितकालीन रुपमा बन्द गर्ने, १८ गते सम्पूर्ण आंगिक क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गर्ने, १९ गते उपकुलपति, रजिष्ट्रार र परीक्षा प्रमुखको ‘कुकुर अभिनन्दन’ गर्ने र २० गतेदेखि रिले अनशन गर्ने घोषणा छन् ।

आन्दोलनबाट उत्पन्न हुने भैपरी आउने दुर्घटनाको सम्पूर्ण जिम्मेवारी विश्वविद्यालयले लिनुपर्ने विद्यार्थीहरुको भनाई छ । विद्यार्थीहरु सँगै प्राध्यापकहरू केही दिन अघिदेखि उपकुलपति विरुद्ध आन्दोलनमा होमिएका छन् ।

अनलाइन माध्यमबाट परीक्षा लिन पाउनुपर्ने, कोरोना अवधिको शैक्षिक शुल्क खारेज गर्नुपर्ने लगायतका १८ बुँदे माग गर्दै आएका छन् भने विश्वविद्यालयले कुनै पनि हालतमा अनलाईन परीक्षा गर्ने माग सम्बोधन गर्न नसकिने बताइसकेको छ । आन्दोलनका कारण विश्वविद्यालयका सम्पुर्ण परीक्षा स्थगित भएका छन् ।

 

मध्यपश्चिम विश्वविद्यालयमा संयुक्त विद्यार्थी संगठनद्वारा थप आन्दोलनको घोषणा

कोरोना अपडेट : ३१ सय ६ थपिए,

मध्यपश्चिम विश्वविद्यालयमा संयुक्त विद्यार्थी संगठनद्वारा थप आन्दोलनको घोषणा

योजना अनुगमनको दौडधुपमै कर्णालीका भौक्तिक मन्त्री थापा

Leave a comment

Your email address will not be published. Required fields are marked *