कोरोना अपडेट : ३१ सय ६ थपिए, २३ को मृत्यु

काठमाडौं : शनिबार देशभर ३ हजार एक सय ६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घन्टामा ९ हजार २ सय ६३ जनाको पिसिआर गर्दा २२ सय ८० र ४२ सय ५६ जनाको एन्टिजेन परीक्षण गर्दा ८२६ जना गरी ३१ सय ६ जना नयाँ संक्रमित भेटिएका हुन्।

यस्तै, आज थप २३ जना संक्रमितको मृत्यु भएको छ भने हालसम्म ९ हजार ८५७ जनाले संक्रमणबाटै ज्यान गुमाएका छन्।

आज १९ सय १६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन भने हाल नेपालमा संक्रमणमुक्त हुने दर ९४ दशमलव एक प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

कोरोना अपडेट : ३१ सय ६ थपिए, २३ को मृत्यु

सुर्खेतमा अबैध काठसहित २ जना पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *