पूर्वी अफगानिस्तानमा १० तालिवानी लडाकु मारिए

एजेन्सी । पूर्वी अफगानिस्तानको वार्डाक प्रान्तमा मंगलबार सेनाले गरेको कारबाहीमा १० जना तालिवानी लडाकुको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार उक्त कारबाहीमा अरू १२ जना लडाकु घाइते भएका छन् ।

सेनाले तालिवानी समूहका गोला बारुद र हातहतियार नष्ट पारिदिएको छ। सेनाले वार्डाक प्रान्तको प्रान्तीय राजधानी मैदान शार र अलासाङ क्षेत्रमा लुकेर बसेका तालिवान लडाकुका तीन ठाउँलाई लक्षित गरी कारबाही गरेको थियो ।

सेनालाई अफगान वायुसेवाले समेत मद्दत गरेको थियो। छिमेकी परवान प्रान्तमा सेनाले गठन गरेको स्थानीयबासीको हतियारधारी प्रतिकार समूहले तालिवान लडाकुहरूलाई शिनबार जिल्लाबाट मङ्गलबार भगाएको पनि सेनाले जनाएको छ।

परवान प्रान्तको साइगर्ड जिल्लामा नियन्त्रण गरेर बसेका तालिवान समूहलाई पनि सेनाले लखेटेको रक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। अफगानिस्तानबाट अमेरिकी र नेटो सैनिकहरू स्वदेश फर्किन लागेसँगै तालिवान समूहले अफगानिस्तानका सरकारी फौजसँग प्रतिरोधपूर्ण संघर्ष गरिररहेको छ।

पछिल्लो विवरणअनुसार तालिवान समूहले देशका ४० भन्दा बढी जिल्लालाई आफ्नो नियन्त्रणमा लिइसकेको तालिवान समूहले दाबी गरेको छ।

पूर्वी अफगानिस्तानमा १० तालिवानी लडाकु मारिए

टोटनह्यामको प्रशिक्षकमा सान्टो

Leave a comment

Your email address will not be published. Required fields are marked *