काँग्रेस रुकुम पश्चिमको कोरोनाकै बिचमा भेला

प्रचण्ड खत्री
रुकुम पश्चिम, १२ भदौं ।
कोरोना भाईरस अर्थात कोभिड १९ का बिचमा नेपाली काँग्रेस रुकुम पश्मिले गाउगाउमा भेला र वडा स्तरिय कार्य समिति गठन गरेको छ । फाल्गुनमा हुन गैरहेको महाधिबेशनको लागि काँग्रेस रुकुम पश्चिम टोल टोलका आफ्ना क्रियाशील सदस्यहरुलाई परामर्श, भेला र सहजीकरण गर्दै आएको नेपाली काँग्रेस रुकुम पश्चिमका पूर्ब पार्टी सचिव हर्कसिह खत्रीले जानकारी दिए ।
पार्टीले रुकुम पश्चिमका ७५ वटै वडामा पुगेर पार्टी प्रबेश गराउनेदेखि लिएर घरदैलोमा पुगेर जनताका समस्या बटुल्दै आएको पूर्व पार्टी सचिव खत्रीले बताए । जनताका कुरा सुनेर जनताका समस्या समाधान गर्ने बताए । काँग्रेसले आठबिसकोट नगरपालिकामा १ सय ५ जना पार्टी प्रबेश गराएको दावी गरेको छ । काँग्रेसको महाधिबेशन भित्रिएसंगै नयाँ सदस्यता वितरणको काम जारी राखेको छ ।
यसै क्रममा जिल्ला समन्यव समितिका सदस्य तथा नेकपाका पुराना नेता अमृत बोहरा र नेकपाकै पुराना नेता नर बहादुर खडका लगायत धेरै नेता कार्यकर्ता काँंग्रेसमा प्रबेश गरेको सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको छ । पार्टीको भेलामा सामाजिक दुरी कायम भएको देखिदैन । एक आपसमा हात मिलाउने, त्यहि हातले निधारमा अबिर लगाउने गरेको बाफिकोट–९, झुलाका प्रेम देबकोटाले बताए ।
उता कांग्रेस पार्टीले भने आफुले सामाजिक दुरी कायम गरी सभा र अन्तरक्रिया गरेको बताए । आफुहरुके सतर्कता अपनाएर मात्र पार्टीको कार्यक्रम गरेको बताए । उता नेकपाका जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य गोपाल शर्मा अनलले आफ्नो पार्टीले अहिलेसम्म सभा, सम्मेलन, गोष्ठी जस्ता कार्यक्रम नगरेको दाबि छ । आफुले आफ्ना मातहतका स्थानीय निकायलाई भेला र बैठक नगर्न सूचना दिएको बताए ।






