कर्णालीका विद्यालयबाट क्वारेन्टाइन हटाउन माग

सुर्खेत, ११ भदौं ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजेठओपी) कर्णाली प्रदेश समितिले कर्णालीका विद्यालयहरुलाई अझै क्वारेन्टीन बनाइएको भन्दै विद्यालयहरुबाट तत्काल हटाउन कर्णाली प्रदेश सरकारसँग माग गरेको छ । सरकारको गत साउन १२ गतेको निर्णय स्मरण गराउँदै अझैपनि केही विद्यालयहरु क्वारेन्टीनको रुपमा प्रयोग भएकाले विद्यालयहरु क्वारेन्टीन मुक्त बनाई शैक्षिक वातावरण सृजना गर्न समितिले माग गरेको हो । समितिका अध्यक्ष टीकाराम आचार्यले एक विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन ।

विहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै समितिले सामाजिक विकास मन्त्रालयका सचिव लोक प्रसाद पौडेलको अध्यक्षतामा बैठक बसी विद्यालय भर्ना गर्ने, कक्षागत रुपमा विद्यार्थीहरुको संख्यात्मक रुपमा एकिन गर्ने लगायतका निर्णयहरुको समेत स्मरण गराएको छ । सुर्खेतका ४, दैलेखका १ र सल्यान जिल्लाका १ गरी ६ वटा विद्यालय क्वारेन्टीन बनाइएको भन्दै ती विद्यालयहरुलाई तत्काल खाली गर्नुका साथै निर्मलिकरण गरी अभिभावक र बालबालिकालाई मनोबैज्ञानिक रुपमा शैक्षिक वातावरण सृजना गर्न सम्बन्धित स्थानीय तह, जिल्ला स्थित स्वास्थ्य सेवा कार्यालय र कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ ।

सरकारले गत साउन १२ गते निर्णय गर्दै विद्यालय भवन र आसपासमा क्वारेन्टीन र आइसुलेसन प्रयोग बन्द गर्ने र खाली भएका विद्यालयलाई निर्मलिकरण गरी अध्यनअध्यापन गर्न सक्ने योग्य बनाउने निर्णय गरी स्थानीय तहलाई निर्देशन गरेको थियो । त्यसको पालना गर्न समेत आग्रह गरिएका अध्यक्ष आचार्यले बताउनुभयो ।

कर्णालीका विद्यालयबाट क्वारेन्टाइन हटाउन माग

पुस्ता फेरियो तर गाउँको सिँचाई कुलो बनेन

कर्णालीका विद्यालयबाट क्वारेन्टाइन हटाउन माग

प्रदेश २ मा मुख्यमन्त्रीसहित सबै मन्त्री फेरिँदै,

Leave a comment

Your email address will not be published. Required fields are marked *