सुर्खेत महिला जेसिजको रक्तदान कार्यक्रम
सुर्खेत, ६ साउन ।
सुर्खेत महिला जेसिज (वर्ष २०२०) ले मंगलवार सुर्खेतको वीरेन्द्रनगरमा रक्तदान कार्यक्रम गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण विभिन्न अस्पतालमा रगतको अभाव भएको खबर पाएपछि सुर्खेत महिला जेसिजले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

सुर्खेत महिला जेसिज वर्ष २०२० का अध्यक्ष प्रमि शाक्यले कोभिड १९ कारण रगत अभाव भएका अस्पतालहरुमा सहयोग गर्नका लागि रक्तदानको कार्यक्रम गरिएको जानकारी दिइन् ।
त्यस्तै, सुर्खेत महिला जेसिजका उपाध्यक्ष सीता भण्डारीले विश्वभर फैलिएको कोभिड १९ का कारण विभिन्न अस्पतालबाट रगतको अभाव भएको खबर पाएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको बताइन् । उनले २१ जनाले रत्तदान गरेको जानकारी दिइन् । त्रिरत्न मिडियाका प्रोपाइटर प्रवाशकुमार शाक्यले अहिलेसम्म ६६ पटकसम्म रक्तदान गरेको जानकारी दिए । १०० पटकसम्म रक्तदान गर्ने लक्ष्य रहेको उनको भनाई छ ।





