बाली जोगाउनै मुस्किल

सल्यान, ६ साउन ।
बनगाड कुपिण्डे नगरपालिका–१ का किसान छाडा पशु चौपायाबाट बाली जोगाउन दिनरात पहरा दिन बाध्य छन् । सल्लीबजार आसपासका क्षेत्रबाट खेतबारीमा पस्ने चौपायाले भर्खरै रोपेको धानबालीमा क्षति पु¥याउन थालेपछि स्थानीयले पालो लगाएर पहरा दिन थालेका हुन् ।
![]()
पहरा दिनका लागि स्थानीयले खेत क्षेत्र नजिकै छुट्टाछुट्टै त्रिपाल टाँगेका छन् । ‘छाडा पशु हुल बाँधेर खेतमा पस्न थाले,’ स्थानीय किसान राजु बुढाले भने, ‘बाली जोगाउन पालो पालो खेतको छेउमा बस्नुपर्ने बाध्यता छ ।’ उनका अनुसार छाडा चौपायाका कारण सल्लीबजार आसपासका १ सय बढी किसान परिवार प्रभावित छन् ।
वर्षभरीको गुजारा चलाउन लगाएको धानबाली चौपायाले नष्ट पार्न थालेको अर्का किसान भोलाप्रसाद बस्तेतले बताए । ‘बरु सलहले खासै क्षति पु¥याएको छैन,’ उनले भने,‘छाडा पशुबाट बाली जोगाउनै मुस्किल भयो ।’ उनका अनुसार ३ सातादेखि सबै घरका १र१ जना त्रिपालमा आएर बस्न थालेका हुन् । शारदा नगरपालिकाको खलंगा र सल्लीबजार, छत्रेश्वरी, त्रिवेणीलगायत बजार छेउछाउमा लगाइएका बाली पनि छाडा चौपायाले नष्ट पार्न थालेपछि किसान आजित छन् ।






