कक्षा १२ का विद्यार्थी विवरण सात दिनभित्र बुझाउन बोर्डको निर्देशन

काठमाडौं, ३० भदौ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको सबै विवरण सात दिनभित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा बुझाउन विद्यालयहरुलाई निर्देशन दिएको छ। परीक्षा आवेदन फाराम भरेका विद्यार्थीहरु मध्ये कोभिड–१९ महामारीका कारण के कति विद्यार्थी विद्यालयभन्दा फरक जिल्ला र स्थानमा बसोबास गरिरहेका छन भनी तथ्यांक संकलन गर्न बोर्डले विवरण माग गरेको हो।

परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय कक्षा १० का उप नियन्त्रक महेश्वर शर्माले विद्यार्थीको सबै विवरण बुझाउन सम्बन्धित विद्यालयलाई निर्देशन दिइसकेको जानकारी दिए। ‘कोरोनाका कारण विद्यार्थीहरु चारैतिर छरिएका छन,’ उनले भने, ‘कोरोना महामारीले के कति विद्यार्थीहरु कहाँ र कुन अवस्थामा छन भनी बुझ्नका लागि ती विद्यार्थीको विवरण सात दिन भित्रमा बुझाउन निर्देशन दिएका छौँ। स्कुलले विद्यार्थी बसोबास गरिरहेको नजिकै १२ कक्षा सञ्चालन भइरहेको विद्यालयको नाम र ठेगाना हाम्रो सम्बन्धित निकायमा बुझाउनुपर्ने छ।’

विवरण संकलन भएपछि मात्रै परीक्षाबारे निर्णय लिइने

उप नियन्त्रक शर्माका अनुसार सबै विद्यार्थीहरुको अवस्थाबारे विवरण पाइसकेपछि मात्रै कक्षा १२ को परीक्षाबारे निर्णय लिइने छ। परीक्षा कसरी गराउने भन्ने केही निर्णय अहिले सम्म लिन सकिएन,’ उनले भने, ‘त्यसैले विद्यार्थीहरुको अवस्था बुझ्न विवरण संकलन गरेका हौँ। सबै विवरण आइसकेपछि कसरी र कहिले गराउने भन्ने बारेमा निर्णय लिन्छौँ।’ बोर्डले कक्षा १२ को परीक्षा बैशाख ८ गतेबाट सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो। तर, कोरोना महामारीका कारण रोकिएको परीक्षा अहिलेसम्म सञ्चालन हुन सकेको छैन।

थाहाखबरबाट साभार

कक्षा १२ का विद्यार्थी विवरण सात दिनभित्र बुझाउन बोर्डको निर्देशन

लक्षणविहीन कोरोना संक्रमितहरूको पिसिआर परीक्षण नहुने

कक्षा १२ का विद्यार्थी विवरण सात दिनभित्र बुझाउन बोर्डको निर्देशन

नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश गर्नेको लहर बढ्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *