लक्षणविहीन कोरोना संक्रमितहरूको पिसिआर परीक्षण नहुने

काठमाडौं, ३० भदौ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षणविहीन कोरोना संक्रमितहरूको पिसिआर परीक्षण नगर्ने नीति लागू गर्ने तयारी गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले अब लक्षणविहीनको परीक्षण नगर्दा पनि फरक नपर्ने निष्कर्ष निकाल्दै मन्त्रालयले लक्षण भएकाहरूको मात्र परीक्षण गर्ने गरी काम अघि बढाएको जानकारी दिए।

उनले अब ट्रेस गरेरमात्र परीक्षण बढाउने भन्दा पनि क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनमा मन्त्रालयले जोड दिने जनाए। उनले भने, ‘ट्रेस गरेरमात्र परीक्षण बढाएर भएन। क्वारेन्टिनलाई पनि त्यतिकै जोड दिनुपर्छ। एउटा जिल्लाबाट अर्को जिल्लामा जाँदा १४ दिन क्वारेन्टिनमा राख्नुपर्छ।’

अहिले दैनिक औसत १० हजार जनाको पिसिआर परीक्षण हुँदै आएको छ। मन्त्रालयका तथ्यांकअनुसार हालसम्म साढे आठ लाख बढी मानिसको पिसिआर परीक्षण भएको छ। सरकारले भर्खरै मात्र पिसिआर परीक्षणको शुल्क आधा घटाएको छ। यसअघि ४ हजार ४ सय मा शुल्क तोकिएकोमा अब भने २ हजार रुपैयाँ मात्र लिन पाइने भनिएको छ। यस्तै मन्त्रालयले विपन्न वर्गको मात्र निस्शुल्क कोरोना उपचार गर्ने र अन्यले आफ्नै खर्चमा उपचार गर्नुपर्ने विषयमा पनि छलफल अघि बढाएको छ।

सेतोपाटीबाट साभार

Leave a comment

Your email address will not be published. Required fields are marked *