प्रधानाध्यापक छनौट प्रक्रियामा शिक्षक संगठनको आपत्ति

सुर्खेत, २४ भदौ ।
रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले अस्थायी शिक्षकलाई विद्यालयको नेतृत्व दिएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनले आपत्ति जनाएको छ । नगरपालिकाले स्थायी कोटामा कार्यरत शिक्षकलाई हटाएर आफू अनुकुलका अस्थायी शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिएपछि शिक्षक संगठनले आपत्ति जनाएको हो ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन रुकुमपश्चिम र एकिकृत अखिल नेपाल शिक्षक संगठन रुकुमपश्चिमले शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ र नगर शिक्षा नियमावली २०७७ विपरित नगरपालिकाले प्रधानाध्यापक छनौट गरेको भन्दै तत्काल उक्त निर्णय खारेज गर्न माग गरेका छन् ।


नगरपालिकाले यसअघि प्रधानाध्यापक छनौट गर्दा विद्यालय व्यवस्थापन समितिले दरखास्त आह्वान नगरेको, अधिकांश विद्यालय व्यवस्थापन समितिलाई पनि जानकारी नदिएको, प्रधानाध्यापक छनौट समितिले नियुक्तीका लागि सिफारिस नगरेको, छनौट प्रक्रियामा सामाजिक विकास र शिक्षा शाखाको संलगनता नगराइएको र विधिप्रक्रियालाई नपु¥याई प्रधानाध्यापक छनौट गरिएको भन्दै उक्त प्रक्रिया निर्णय खारेज गर्न माग गरेका छन् ।


1 thought on “प्रधानाध्यापक छनौट प्रक्रियामा शिक्षक संगठनको आपत्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार