स्यार्पू बहुमुखी क्याम्पसमा आईसुलेसन बनाउने
प्रचण्ड खत्री
रुकुम पश्चिम, २३ भदौं ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले वडा नम्बर ४ मा रहेको स्यार्पु बहुमुखी क्याम्पसलाई १२ बेडको आईसुलेसन भवनको रुपमा निर्माण गर्न लागेको छ । गाउँपालिका भित्रका कोरोनाका बिरामीलाई राख्नको निम्ति निर्माण गर्न लागेको गाउँपालिकाले जनाएको छ । कोरोना महामारीका कारण आउँन सक्ने समस्यालाई समाधान गर्दै गाउँपालिकाले क्याम्पसलाई आईसुलेसनमा परिणत गर्न लागेको गाउँपालिका अध्यक्ष धर्म बहादुर केसीले बताए ।
केसीका अनुसार गाउँपालिका नजिकै रहेको स्यार्पू बहुमुखी क्याम्पसको खालि भवनलाई उपयोग गरी आईसुलेसन निर्माण गर्न लागेको छ । बाँफिकोट स्वास्थ्य चौकी नजिकै रहेकाले उक्त भवन उपयुक्त रहेको अध्यक्ष केसीको भनाई छ । अहिले तत्काल रुपमा भनन निर्माण गर्न सम्भन नभएकाले क्याम्पसको खाली भवनलाई उपयोग गरी ४ दिन भित्र सञ्चालनमा ल्याउने बताए ।
बाँफिकोट गाउँपालिका अध्यक्ष धर्म बहादुर केसी, प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङ, जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिमका डाक्टर राजकुमार भुजेल, कोरोना रोग नियन्त्रक फोकल पर्सन ईश्वर रावल लगायतको टोलीले आईसुलेसन निर्माण गरिने भवनको स्थलगत अनुगमन गरेका थिए ।
उक्त भबन ४ दिन भित्र तयार गरिने भएको छ । अनुगमन गर्दै जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिमका डाक्टर राजकुमार भुजेलले आउँदो दिनमा प्राबिधिक तथा अन्य सहयोगका लागि स्वास्थ्य कार्यालय रुकुम पश्चिमले सक्दो सहयोग गर्ने बताउनुभयो ।