प्रधानमन्त्रीज्यू हामी साथमा छौं

प्रभात पोख्रेल
अनेरास्ववियु सुर्खेत/विद्यार्थी नेता
लोकतान्त्रिक गणतन्त्र स्थापना भएको देश नेपालका ४१ औं प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली (खड्ग प्रसाद ओली) लाई हेर्दा यस्तो लाग्छ कि उनी मात्र यो देशका यस्ता व्यक्ति हुन जो व्यक्तिले हामीलाई सपना देख्न सिकाएका छन् । ४१ औं प्रधानमन्त्री ओली निर्वाचित हुँदा देशले एउटा युगान्तकारी नेता पाएको महसुस भएको थियो । यो भन्दा अगाडि खड्क प्रसाद ओली ३८ औं प्रधानमन्त्री ९ महिने कार्यकालमा भारतसँग घँुँडा नटेक्दा अन्न, पानी बन्द गर्ने गरी नेपालका नाकाबन्द गर्दा आप्mनो छातिले नेपाल र नेपालीको गौरबलाई हाम्रो शिर झुक्न नदिने व्यक्ति हुन के.पि. शर्मा ओली ।

इतिहाँसले तपाईका ती लोकतन्त्र ल्याउँदाका १४ वर्ष जेल जिवन आप्mनो देशको लागि आप्mनो जिवनको ठुलै मुल्य चुकाउन भएको देखेका छौं । आजसम्म कोही यो देशमा ५ पटक नेतृत्व गरे, कसैले ४ पटक गरे तर तपाईको यो दोस्रो पटकको नेतृत्वलाई नेपाली जनताको मनमा विकास र उन्नतीको आशा पलाउन थाल्योे । आजको सरकारमा हेर्ने हो भने तपाईसँग झण्डै दुई तिहाईको सरकार छ । प्रतिपक्षले सरकारको काम देखेर दङ्ग छ । गलत देखाउने ठाउँ नै छैन, केहि व्यक्तिहरु बसेर आप्mनो शरिरको आहुति दिएर ल्याएको लोकतन्त्रको आडमा संविधानको घेरा भन्दा बाहिर गएर व्यक्तिगत र स्वार्थी देशद्रोही व्यक्तिहरु पनि आप्mनै भित्र छन् तर खुट्टा नडकमकाउन अगाडि बढिरहनु भएको छ, तपाई ती व्यक्तिहरु जसले राजनीतिक अग्रमन गरेनन्, जसले विदेशमा बसेर देशको दलाली गरे, जसले देशलाई बेच्न चाहन्थे ती सबै व्यक्तिको विरुद्ध हरेक नागरिकलाई सचेत गराउनुभयो, मिठा मिठा सपना देखाउनुभयो ।

आज हरेक नेपालीहरु त्यही सपनामा बाँचिरहेका छन्, कतिपय सपनाहरु त पुरा पनि भए कतिपय हुँदैछन् । तर, प्रधानमन्त्रीज्यूलाई तपाई कति पनि विचलित नहुनु आज ३ करोड नेपाली जनता तपाईको साथमा सँगै यो देशलाई समृद्धि गराउने सपना देखिरहेका छन् । तपाईले नेपालको पानी जहाज, घरघरमा पाइपबाट ग्याँस, रेल गुडाउने सपनामा हिनिरहेको बेला कहिलेपनि सपना देख्न बानी नगरेका यो देशका विदेशी दलालहरु तपाईको कुरा सुनेर हाँस्न थाले तर मलाई थाहा छ, तपाई कति पनि विचलित नभई यो देश र जनताको सेवामा लाग्नुस । तपाईको साथमा हामी छौं । अब यो देशमा एक घरबाट म जस्ता एक युवा यो देशको लागि तपाईले देखेको सपना पुरा गर्न लाग्नेछ । प्रधानमन्त्रीज्यू हामी तपाईको साथमा छौं । यो देशमा परिवर्तन ल्याउने सपना देख्दा आप्mनो अमूल्य जीवन र आप्mनो सपनालाई आज आएर देशको सपना बनाएको देख्दा हाम्रो शिर ठाडो हुन्छ । प्रधानमन्त्रीज्यू यहाँ धेरै मान्छेहरु छन् जो राजनीतिको आडमा अरबौं पैसा घोटाला गर्ने र राजनीतिलाई व्यापार गर्ने तर आजको युगमा तपाई एउटा यस्तो युग पुरुष हो जसले कुनै पनि कालो दाग नलगाई आप्mनो परिवारले जिन्दगी भरी जागिर खाएर कमाएको पैसाले किनेके घर आप्mनो देशलाई दिने र आफु खाली मर्ने घोषणा गरेका युगान्तकारी व्यक्ति हो तपाई, तपाईको हरेक कुरामा साथ दिनेछौै । तपाई ढुक्क भएर अगाडि बढ्नुस् प्रधानमन्त्रीज्यू ।


प्रधानमन्त्रीज्यू देख्नुस सपना तपाईले देखेका हरक सपनाहरु अब ३ करोड नेपालीको सपना हुनेछ । आज हाम्रो देश सफल छ । आजको दिनको मन्त्री मण्डलको क्याबिनेटमा भारतीय दलालहरुको निर्णय अनुसार चल्ने प्रविधि तपाईले हटाउनुभएको छ । देशको स्वतन्त्रता र अखण्डतामा अडिग हुनुहुन्छ यहि मानेमा हाम्रो देश सफल छ । प्रधानमन्त्रीज्यू थाहा छैन तपाईको मृत्यु पश्चात तपाईको मुर्ति चोक, चोकमा स्थापना गरिन्छ या गरिदैन तर यो युगको व्यक्तिको मनमनमा बस्न सफल हुनुभएको व्यक्ति हो तपाई ।

तपाई चिन्ता नलिनुस् आज हरेक घरमा खड्क प्रसाद ओली जस्ता सपना देख्ने र देशको समृद्धि मै आप्mनो जिवन फाल्ने हामी जस्ता मान्छेहरु पनि खारिँदै छन् । त्यो तपाईले देखेको देशका समृद्धिका सपनाहरुलाई हामी यो देशको नागरिक हांै कुनै झोले कार्यकर्ता हैन । पहिला यो देशको जनता अनि मात्र यो देशभित्र रहेका पार्टीहरुको कार्यकर्ता सहिलाई सहि र गलतलाई गलत भन्न सक्ने लाखौ, करोडौं हामी जस्ता जनताहरु तपाईको समृद्धिको बाटोमा हिडिरहेका छौं । ६८ वर्षको उमेरमा पनि तपाईको जुन जोश र जाँगर देशको सपनाहरुलाई समर्थन साथ दिइरहनेछौं । हामी छौं तपाईको साथमा ढुक्क भएर अगाडि बढ्नुस हामी पछि पछि समृद्धिको बाटोमा तपाईलाई यो देशका निम्नि साथ दिइरहनेछौं ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार