भेरीगंगामा कर्मचारी युनियनको ३१ औ स्थापना दिवस

सिपी कार्की
भेरीगंगा (छिन्चु), १९ भदौं ।
नेपाल निजामती कर्मचारी युनियन नगर कार्यसमिति भेरीगंगा नगरपालिका सुर्खेतले कोरोना भाइरसलाई मध्यनजर गर्दै ३१ औ स्थापना दिबशको अबसरमा शुभकामना आदान प्रदानसंगै जेष्ठ नागरिकको ब्लड प्रेसर र सुगर चेकजाँच गरी कार्यक्रम सम्पन्न गरेको छ ।

स्थापना दिबसको अबसरमा ९९ जनाको सुगर संगै ब्लड प्रेसर चेकजाँच गरिएको थियो । उक्त कार्यक्रम युनियन संघ नगर कार्यसमितिका अध्यक्ष चित्रा डाङ्गीको अध्यक्षता र नेपाली काँग्रेस भेरीगंगा नगरपालिकाका नगर सभापति बेदु गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

भेरीगंगा नगरपालिका नगर प्रमुख भुपेन्द्र बहादुर चन्द, उप–प्रमुख रेणु आचार्य ढकाल, नेपाल निजामती कर्मचारी युनियन सुर्खेतका अध्यक्ष राजेश कुमार बुढा, उपाध्यक्ष सीता खत्री गिरी, केन्द्रीय सदस्य कुल बहादुर खड्का, केन्द्रिय सदस्य शिशिर कुमार खड्का र भेरीगङ्गा नगरपालिका स्वास्थ्य संघका अध्यक्ष बिमल रावतको समेत उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिँदै कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेस भेरीगंगा नगरपालिका नगर सभापति बेदु गिरीले जनताको सेवा गर्ने कर्मचारी भएकाले हामीले गर्ने व्यबहार शासकका रुपमा नभई सेवकको रुपमा जनतालाई सेवा गर्नुपर्छ भन्ने यस स्थापना दिबशले शक्ति प्रदान गरोस भनि शुभकामना ब्यक्त गर्नु भएको थियो । त्यस्तै कोरोना भाइरस कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको लागि दिनरात नभनि खटिएका सम्पूर्ण कर्मचारी र स्वास्थ्यकर्मीलाई धन्यबादसमेत समेत ब्यक्त गर्नुभएको थियो ।

भेरीगंगामा कर्मचारी युनियनको ३१ औ स्थापना दिवस

रेडक्रस सोसाइटीको ५८ औं स्थापना दिवस

भेरीगंगामा कर्मचारी युनियनको ३१ औ स्थापना दिवस

मान्छेको टाउको बोकर प्रहरी चौकी पुगेपछि …

Leave a comment

Your email address will not be published. Required fields are marked *