पूर्व जनमुक्ति सेनाहरूलाई सम्मान
रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले द्वन्द्व प्रभावित पूर्व जनमुक्ति सेनाहरूलाई सम्मान गरेको छ । नगरपालिकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि तत्कालीन जनमुक्ति सेनाले गरेको योगदानको कदर गर्दै सम्मान गरेको हो । चौरजहारी नगरपालिका भित्र करिब १२० जना पूर्व जनमुक्ति सेनाहरू रहेको र उपलब्ध भएकालाई दोसल्ला, प्रमाणपत्र, अबिर लगाएर सम्मान गरिएको नगर प्रमुख पुष्प बादीले जानकारी दिए । […]




