“कसले बनाउँला समृद्ध कर्णाली”

देशमा पटक–पटक राजनीतिक परिवर्तनहरु भए हरेक परिवर्तनमा यहाँका जनताले रगत, पसिना बगाएर जीवनदान दिए तर कर्णाली परिवर्तन कहिल्यै हुन सकेन । विकासका संरचनाहरु केवल कछुवाको गतिमा सिमित रहन पँुगे । कुन कुराको कमि छ कर्णालीमा तर पनि कर्णालीको मुहार फेरिन सकेन । भौगोलिक विविधतायुक्त, प्राकृतिक सुन्दरताले सजिएको, जडिबुटीको खानी तर राज्यको नयनबाट टाढा छ कर्णाली । यति सम्पन्न साधन स्रोतले भरिपूर्ण कर्णालीबाट फाइदा लिन नसक्नु जनताको जीवनस्तर माथि उठ्न नसक्नु आफैमा दुखदायी विषय बनेको छ । 

भौगोलिक बनावटका हिसाबले पाउमा भित्री मधेश, छातीमा पहाड र शिरमा हिमालले छोपेको छ । नेपाली भाषाको उद्गम स्थल, जात जाति, भाषा भाषि, कला संस्कृतिक विविधताले भरिपूर्ण छ जहाँ एक घण्टाको यात्रामा विभिन्न किसिमको मौसमी झरकपना पाउन सकिन्छ ।हरेक राजनीतिक परिवर्तनमा राजनीतिक दलहरुले कति आश्वासन बाँडे, यहाँका सिदासादा जनताहरुले सुइनाहरु बुने तर ति सुइना–सुइनामै सिमित रहन पुगे । विकासको बाटो लामो र अफ्ठेरो हुन्छ, तर जतिसुकै लामो बाटो भएपनि हिड्ने मानिसमा प्रयाप्त आत्म विश्वास र उत्साह छ भने त्यो बाटो छिचोल्नै नसकिने चाँहि हुँदैन । 

कर्णालीमा विकास नभएको चाहि हैन तर चामल देखाएर कनिका छर्ने काम भएको छ भन्दा फरक नपर्ला। राज्यबाट हरेक आर्थिक वर्षहरुमा विनियोजन हुने बजेटबाट सधै कर्णालीलाई पाई पारिनु, कति सम्म न्यायोचित होला ? त्यही बजेट पनि राजनीतिक खिचातानिका कारण हरेक बर्षहरुमा पूर्णः फिर्ता जानु कति दुखदायी विषय बनेको छ । देशमा संघीयता आएको यतिका बर्षहरु बितिसक्दा पनि कर्णालीका समस्याहरु ज्यूका त्यू हुनु आफैमा पिडादायी विषय हो । राजनीतिक शासकका आडमा शिक्षामा भएको हस्तक्षेपका कारण सामूदायिक विद्यालयहरु आफू शिक्षाको भिक्षा माग्ने अवस्थामा पुगेका छन् भने निजी विद्यालयहरु दिन प्रतिदिन तिब्र गतिमा फैलिरहेका छन् । 

स्वास्थ्य क्षेत्रको अवस्था पनि दयनिय छ के निजी शिक्षा र स्वास्थ्य सबै वर्गको पहुँच सम्म पुग्ला र ? सधै कर्णालीका सामुदायक विद्यालयहरुमा समयमा पाठ्य पुस्तक पुग्न नसक्नु, विद्यार्थीले आधा पुस्तक पढेका भरमा परीक्षा दिन बाध्य हुनु, शिक्षाका लागी प्रयाप्त साधन स्रोत उपलब्धता नहुनु, विरामीले समयमा उपचार नपाउनु, गर्भवती महिलाले हिउँमा बच्चा जन्माउनु, सधै बाढी पहिरो तथा प्राकृतिक प्रकोपको सिकार बन्नु यस्ता विविध कुराहरुबाट कर्णालीका जनता कहिले मुक्त हुनेहुन् त्यो हेर्न बाँकी नै छ । राजनीतिको आडमा हुने भ्रष्टाचार (अनियमितता, बेरुजुका चाङले आकाश छुने अवस्थामा छ । शक्तिकै आडमा हुने अतिक्रमणले सरकारी सम्पत्ति बत्ति बालेर खोज्नु पर्ने अवस्थामा छ । भ्रष्टाचारको कुरा गर्नु पर्दा वडा, पालिका, जिल्ला हुँदै प्रदेशसम्म कहि कतै चोखो भेटिँदैन होला सायद । युवा तथा बौद्धिक पलायन दिनप्रति दिन बढ्दो छ यसलाई न्युनिकरण गर्ने, देशमा नै रोजगारीको सिर्जना गर्न, जनतालाई संधै परनिर्भर हैन आत्मनिर्भर बनाउने तिर कसैको पनि ध्यान जान नसकेको अवस्था छ । राजनीतिक परिवर्तन त भए आखिर दलका नेता, कार्यकर्ता तथा आफ्‌न्तका जीवनस्तर परिवर्तन भए जनता हिजो जुन अवस्थामा थिए आज पनि खासै परिवर्तन हुन सकेका छैनन । आखिर के कुराको कमी छ कर्णालीमा ?

कृषि क्षेत्रको हिसाबले तराईमा फल्ने गहुँ, धान, मकै, मास, मसुरी, तोरी लगाएत पहाडमा फल्ने कोदो, फापर, चिनु, जाँै तथा उच्च हिमाली क्षेत्रमा फल्ने मार्सेधान हाम्रै कर्णालीमा फल्छन । त्यस्तै फलफूलका कुरा गर्नु पर्दा केरा, आँप, लिचि, स्याउ सुन्तला, अङ्गुर, नासपाति लगायत भूगोल अनुसारका विभिन्न किसिमका फलफूलहरु फल्छन् । जडिबुटीका हिसाबले धनि प्रदेश जहाँ विश्वकै बहुमूल्य जडिबुटी मध्येको यार्सागुम्बा लगायत पाँचऔले, पदमचाल्लो, जटामसी, कुरिलो, भुल्ते, कोपचाल्लो भामिलो आदि सयौ प्रजातिका जडिबुटीहरुको खानी छ । पर्यटन क्षेत्रको बारेमा भन्नु पर्दा आन्तरिक तथा बाह्य पर्यटकहरुका नामी लोभ्याउने पर्यटकीय स्थल, ताल तलैया, खोला, नदी, झरना आदि छन् । 

विश्वकै उच्च स्थानमा रहेको ताल मुगुको रारा ताल, हिमाल मध्येकै एक डोल्पाको से–फोक्सुण्डो ताल, जमिनबाट आकाशतिर पानी उत्पत्ति भएको सुर्खेतको बुलबुले ताल, रुकुम (पश्चिम) रितल, स्यार्पु दह, सल्यानको कुपिण्डे दह, जाजरकोटको नागाईकावाताल, दैलेखको पाचाल झरना यस्ता सयौ ताल तलैया, झरना, डाडा, पाखा, बुकी पाटनहरु छन् । जसले पर्यटकलाई आकर्षित गर्ने गर्दछन् । यी क्षेत्रहरुमा प्रकृती, साहसी धार्मिक, पदयागी, कृषि जस्ता विविध किसिमका पर्यटकहरु भित्रै भरपुर मनोरञ्जन दिन सक्छौं र बद्लामा आर्थिक तथा रोजगारी जस्ता फाइदा लिन सक्छौं । 

त्यस्तै धार्मिक पर्यटकहरुका लागि देउती बज्यै, काँक्रेविहार सुर्खेत, श्रीस्थान दैलेख, चन्दननाथ दैलेख प्रमुख गन्तव्यहरु मानिन्छन्। उर्जा क्षेत्रका हिसाबले सबै भन्दा अग्रस्थानमा रहेको छ कर्णाली । यहाँ कर्णाली, भेरी, सारदा, तिला, ठुलिगाड, चिङगाड डुङ्गेश्वर लगाएत सयौ नादिनालाहरु त्यातिकै खेर गइरहेका छन् । यस्ता उर्जाका स्रोतहरुको सदुपयोग गरी स्थानिय स्रोत साधनबाट नै हजारौ मेघावाट विद्युत उत्पादन गर्न सक्छौं । जसबाट कर्णालीलाई चौविसै घण्टा उज्यालो पार्न सकिन्छ । राज्यका संरचनाहरु मुख्य गृह, उर्जा, अर्थ, वन, पर्यटन, रक्षा, भौतिक योजना तथा यातायात जस्ता शक्तिशाली मन्त्रालयहरुमा पठाउन सफल भए राजनीतिक दलका नेताहरु लाई कर्णालीका जनताहरुले आखिर के पाए । 

कर्णालीका जनताका पिडा, वेदनाका चित्कारहरुलाई लाटाले कानथुनेर गङगरा चपाए झै चपाइ रहे । मैले यहाँ मलेसियाको सानो अंश जोड्न चाह े। त्यहाँको केमरुन हाइलेण्ड भन्ने डाडामा फलैको तरकारी, फलफूल आफ्नो देश लगाएत सिङगापुर सम्म निर्यात गर्न सफल भएको छ । त्यस्तै ग्याण्टीङ हाइलेण्डको एउटा डाँडाले विश्वका पर्यटकहरुलाई तान्न सफल भएको छ त्यस्ता डाँडा त हाम्रो कर्णालीमा सयौं सङख्यामा रहेका छन । हामीलाई केवल सक्षम पारदर्शी नेतृत्वको अभाव छ । कर्णालीको समृद्धिको लागि राज्य र निजि क्षेत्रको लगानी आवश्यक छ । 

अब समृद्ध कर्णाली बनाउनका लागि कर्णालीमा जिज्ञासु, सिर्जनशील, असल चरित्रवान, आटिलो, आत्मबल भएको, योग्य, सामर्थ्यवान तथा समाजवादी सोच भएको राजनीतिक दलका नेताको आवश्यक छ । यो चुन्ने जनताको हातमा छ । कर्णालीको उज्ज्वल भविष्यका लागि यहाँका जनताहरुले सहि नेतृत्व चुन्ने बेला आएको छ ।

तारा प्रसाद खत्री (रिजाल

भेरीगंगा न.पा.–१० छिन्चु, सुर्खेत

“कसले बनाउँला समृद्ध कर्णाली”

भूमिहीनलाई तत्काल लालपुर्जा  दिन भेरीगंगावासीको माग

“कसले बनाउँला समृद्ध कर्णाली”

शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *