कालीकोटमा बेवारिसे पुरुषको शव फेला

कालिकोट ,९ असार ।
कालीकोटको शुभकालिका गाउँपालिका–५ सेरी पाल्तडीस्थित कुकुरी सामुदायिक वनमा अन्दाजी ५०/५५ वर्षीय पुरुषको शव फेला परेको छ। मिति २०८३ असार ८ गते बिहान करिब १० बजे फेला परेको उक्त शव सनाखतका लागि जिल्ला अस्पताल मान्मको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।
मृतक गहुँगोरो वर्ण, करिब ५ फिट ३ इन्च उचाइ, पातलो जिउडाल भएको तथा कालो कोट, रातो–सेतो स्विटर र रातो गल्बन्दी लगाएका छन्।






