बालविवाह विरुद्ध साझा बुझाइ विषयक समन्वयात्मक अन्तरक्रिया सम्पन्न

हस्त चौलागाईं

कालिकोट ,९ असार ।
बालविवाह अन्त्यका लागि साझा प्रतिबद्धता सहित समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले बालविवाह विरुद्ध साझा अभियान सञ्जाल, कालिकोटकाे बालविवाह सम्बन्धी साझा बुझाइ विषयक समन्वयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सञ्जालका अध्यक्ष काली बहादुर मल्ल को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति कालिकोटका उपप्रमुख मीना रावत प्रमुख अतिथि तथा खाँडाचक्र नगरपालिका उपप्रमुख गणेश बहादुर शाहीकाे विशेष आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा जिल्लास्थित सरोकारवाला निकाय, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा बालअधिकारका क्षेत्रमा क्रियाशील व्यक्तिहरूको सहभागिता रहेको थियो।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि मीना रावतले बालविवाह सामाजिक विकासको प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै यसलाई न्यूनीकरण गर्न परिवार, समुदाय, विद्यालय तथा स्थानीय सरकारबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताईन् । बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र उज्ज्वल भविष्य सुनिश्चित गर्न बालविवाह अन्त्य अपरिहार्य रहेको धारणा समेत राखिन् ।
विशेष अतिथि गणेश बहादुर शाहीले बालविवाहले बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा नकारात्मक प्रभाव पार्ने भएकाले यसको रोकथामका लागि स्थानीय तहले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । कानुनी व्यवस्था कार्यान्वयनसँगै जनचेतना अभिवृद्धि गर्नुपर्नेमा शाहीले जोड दिएका छन् ।
अन्तरक्रियामा बालविवाह विरुद्ध साझा बुझाइ निर्माण, बालबालिकाको सर्वोत्तम हित, बालअधिकार संरक्षण, कानुनी प्रावधान, समुदायस्तरमा देखिएका चुनौती तथा समाधानका उपायका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले बालविवाह अन्त्यका लागि सबै सरोकारवालाबीच साझा प्रतिबद्धता र समन्वय आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
कार्यक्रमका अध्यक्ष काली बहादुर मल्लले बालविवाह अन्त्यका लागि सञ्जालले विभिन्न सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको बताउँदै आगामी दिनमा पनि समुदायस्तरमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिने जानकारी बताए । उनले बालबालिकाको अधिकार संरक्षण तथा सुरक्षित भविष्य निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रमको सहजीकरण रण बहादुर कार्की ले गर्नुभएको थियो। अन्तरक्रियाले बालविवाह नियन्त्रण तथा न्यूनीकरणका लागि साझा धारणा निर्माण गर्दै सरोकारवाला निकायबीच सहकार्य र समन्वयलाई थप मजबुत बनाउने सहभागीकाे भनाई छ ।
मानव अधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपाल कालिकाेटका उपाध्यक्ष खडानन्द अधिकारीले
बालविवाह केवल कानुनी अपराध मात्र नभई बालबालिकाको भविष्य माथिको गम्भीर अन्याय भएकाे जिकिर गरे । यसले बालबालिकाको शिक्षा, स्वास्थ्य, आत्मविश्वास र समग्र विकासमा नकारात्मक असर पुर्‍याउँछ। बालविवाह अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनसँगै अभिभावक, समुदाय, विद्यालय र सरोकारवाला निकायहरूको साझा प्रयास आवश्यक रहेकाे बताए ।
बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राख्दै सुरक्षित, शिक्षित र सक्षम पुस्ता निर्माण गर्न सबैले आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा अधिबक्ता खडानन्द चाैलागाँईले बताए ।

बालविवाह विरुद्ध साझा बुझाइ विषयक समन्वयात्मक अन्तरक्रिया सम्पन्न

स्याउ खेतीमा उत्कृष्टता देखाउने जुम्लामा तीन कृषक

बालविवाह विरुद्ध साझा बुझाइ विषयक समन्वयात्मक अन्तरक्रिया सम्पन्न

कालीकोटमा बेवारिसे पुरुषको शव फेला

Leave a comment

Your email address will not be published. Required fields are marked *