घुयँत्राे: “हिजो जेल पठाउने, आज जमानत खोज्ने : सत्ताको लुडो खेल”

हैन, याे राजनीति भन्ने जिनिसनि अचम्मकै हुँदाे रैछ के ! हिजाे वलिका दिन छँदासम्म वलिका आउरेबाहुरे ,साला,भान्जा भतिजा , दलाल,भष्टाचारी सबले हात चाटे । दीपक भट्ट जस्ता भष्टाचारीले सत्तारुढ दलका नेताहरुकाे काेठार भर्दिएर ,नेताहरुलाई आफ्नाे कब्जामा लिएछि त्यसमै रमाएका नेताहरु जेनजी आन्दोलनले एक दिन डुवाएर लग्छ भन्ने था भा काे भए जेनजीका नेता रबिलाई अनेक बहानामा अनेकन अदालतका ढाेका चाहार्नु पर्ने बाध्यता किन बनाउँथे र !? सत्ताभन्नेनि अचम्मकाे हुँदाे रैछ भन्ने कुरा फागुन २१ काे चुनाबाँ रबिले २ तिहाई मत ल्याएर रबिकै पाटिका बरिष्ठ नेता बालेनले सरकार बनाकाे २ दिन नबित्दै रातारात वलि र लेखक ( तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री ) लाई जसरि पक्राउ गरेर कसैलाई हिरासत र कसैलाई अस्पतालकाे बास गराए तब सम्पूर्ण नेपालीले बुझेकि सत्ताकाे खेलभन्ने कुरा लाई हेर्दा आफ्नै आँखाले देख्दानि भर नलाग्ने । हिजाे गद्दियाँ भाकाे आज सडकाँ अनि हिजाे सडकाँ भाकाे आज गद्दियाँ देखेछि यिनी आँखाले सजिलै भरपनि काँ पाउन के ! राजनीति भनेकाे याैटा यस्तो चक्र रैछकि जस्ले तुरुन्तै जमिनाँ भा का लाई आकाशाँ र आकाशाँ भाका लाई जमिनाँ पछार्न बेरै लाग्दाे रैनछ के । खासमा हिजाे वलिले रबिलाई जेलाँ हालेर दाैडादाैड पार्दा कसैले साेच्याथ्याे र देशाँ पासा पल्टेला अनि एक दिन रबि छुटलान् अनि चुनाब हाेला ,चुनाबाँ रबिले जित्लान रबिलाई लगाका मुद्दा अदालतले खारेज गर्लान अनि रबि देशकाे सबैभन्दा ठूलाे पाटिकाे नेता बन्लान अनि सरकार बनाउलान र उनी सत्तासिन पाटिकाे नेता बनेर बस्लान ? के गर्ने वलिकै मति बिग्रियाे सामाजिक सन्जालाँ प्रतिबन्ध लगाएर रबिकाे समर्थनाँ सामाजिक सन्जालाँ चिच्याकलाे गर्ने जतिलाई एकै चाेटाँ थचक्कै बसाल्छु र आफ्नो सत्ताकाे आयु लम्ब्याउँछु भन्नेचक्कराँ लाग्दा उल्टै दुब्बै दिनकाे आन्दोलनले सत्तैबाट च्युत गराएर रातारात भागाभाग गरेर मुस्किलले ज्यान जाेगाउन सक्या अनुभव पनि त यसपटक वलि बाले लिए क्यारे । त्यसाे त याे पटककाे आन्दोलनले गर्दा वलिबाले स्टाेनकाे अपरेसन पनि त गर्ने माैका पाए । बालकाेटकाे बसाई गुण्डु पुग्याे । महेश बस्नेत जस्ता हाेनहार कार्यकर्तालाई राजनीतिक अङ्ग रक्षक बनाउन पाए । आखिर याे सबै फेर बदल राजनीति ल्यै त गर्या हाे हैन र ? त्यत्ति हाे आँफुले ढङ्गले राजनिती चलाउन नजान्दा र आफ्नाे घमण्डले गर्दा सत्ता र पाटिकाे हैसियत एकैचोटि गर्ल्यामगुर्लुम ढल्याे । २ नम्बराँ भकाे पाटि ३ नम्बराँ पुग्नु पर्याे । त्यति मात्रै हाे र अब कैल्यैनि आफ्नाे दल सत्ताँ पुग्ला र आफू प्रधानमन्त्री हाेईएला भनेर आशै गर्ने ठाउँ रहेन । हिजाे आँफुले जसरी शुसासनका निम्ति भन्दै मान्छेलाई राज्यद्राेह र सम्पति शुध्दिकरणका मुद्दा लाएर भागाभाग पारियाथ्याे त्यस्तै कार्य उनरले आँफुमाथि दाेहाेर्याए भने के गर्ने हाेला ? सत्ताँ पुग्नेले प्रतिपक्षलाई जे बहानाँ हुल्देनि हुँदाे रैछ क्यारे । ऐले खासमा त्यस्तै त चलिराछ । खबर सुन्नु त भा त हाेला त पाटिकाे कामले सुर्खेत आका विष्णु पाैडेललाई थाहा न पत्ताे कार्यक्रम स्थलाट समातेर लएछि आफ्ना नेता कता गए भनेर सुर्खेतका एमालेहरलाई खाेज्ना तापाताप ! बिचरा कार्यकर्तालेथा पाउन्जेल त नेता विष्णु पाैडेल नेपाल गन्जाट काठमाडौं जान पाे नेपालगन्ज एरपाेट पुगिरा । यी सब चक्कर राजनीतिकै हाे त्यसैले कसैले नि आफू सत्ताँ हुँदा अर्कालाई दुख दिनु हुँदाे रैनछ अन्यथा अर्काकाे माैका पर्दा उल्लेनि घाेप्ट्याई हाल्दाेरैछ । याे राजनीतिक चक्र भनेकै त्यसैगरि घुम्दाेरैछ के ! जति केई गर्दैन भनेनि अन्त्याँ निशाना बदलातिरै साेझिने रैछ । त्यसैले ऐल्या सरकारले विपक्षि दलका नेताहरु पक्राउ गरिनुलाई राजनीतिक प्रतिशाेध नभनेनि बुझ्नेले राजनीति प्रतिशाेधै बुझ्याछन । यस्तै हाे सत्ताँ हुँनेले सत्ताँ नहुनेलाई डाम्ने कुरा राजनीतिक मापदण्ड भित्रकै कुरा हाे त्यसैले जे गर्याे सरकारले ठिकै गर्याे भन्ने ,बस्ने त हाे हामी त ! हैन र ?
“बिरसिक्का”






