घुयँत्राे:“प्रचण्ड कालिकोट जाने रे! टिकट काटियो कि अझै गर्भमै?”

प्रचण्ड कालिकाेटाँ चुनाब लडन जाने रे भनेर सामाजिक सन्जाल छ्याप्छ्याप्ति भरियाछ । कालिकाेटकाले आउ भनेर त बाेलाए तर प्रचण्ड जाने हुनकि हैनन याे भने ऐलेसम्म गर्भमै छ । देशकाे प्रधानमन्त्री बन्ने जस्ताे मनन्छे आफ्नो जिल्लाँ आएर उमेदवार बन्दिए कालिकाेटेका लागि खुशि र अबसर अरु केई हुनै सक्दैन । कालिकाेटे भनेछि ऐले बाठा र चतुरमा स्याङजालि र झापालिलाई जित्ने भै सके । खासमा महेन्द्र बहादुर शाहि कर्नालिका मुख्य मन्त्री भए देखिनै विकास निर्माण कसरी गर्ने, सरकारसित कसरी पैशा फुत्काउने सिपमा पारंगत भै सकेका त्यहाँका युवा साँच्चिकै प्रचण्ड चुनाब लडन कालिकाेट गए भने कसरी दिलाे ज्यान दिएर लाग्छन भन्ने कुरात चुनाबकै बेलाँ था हुन्छ । ५२ सालदेखिनै माओवादि युध्दमा जाेडिएकाे सिंगाे कालिकाेट ऐलेसम्म माओवादिबाट विचलित छैन त्यसैले पनि प्रचण्डले चुनाब जित्ने ग्यारेन्टी भएकाे नेपालकाे एकमात्र जिल्ला कालिकाेट हाे । त्यसैले नि कालिकाेटे नेताहरुले प्रचण्डलाई राेजेर उमेदवारकाे प्रस्ताव गरेका हुन । दशैं सक्किएदेखिनै पेटपाल्न भारतकाे काला पहाड ताक्नु पर्ने त्यहाँका जनता जिल्लामा राेजगारीका नाममा सिन्काे भाँच्न पाउँदैनन ।

परम्परादेखिनै काला पहाड गएर कमाईकजाई गरि चैतकाे अन्तिम तथा वैशाखसम्म खेत राेप्न आई पुग्नु पर्ने ( खेत हुनेहरु) उनिहरुकाे जीवन चर्या अब साँच्चिकै परिवर्तन गर्ने हाे भने प्रचण्डलाई चुनाब जिताएर प्रधानमन्त्री बनाउन सके र प्रचण्डले नि अरु केही गर्न नसकेनि त्यहाँका २/४ वटा जलविद्युत आयाेजनाहरुकाे निर्माण शुरु गराएर कालिकोटेलाई राेजगारी दिन सकेभने उनले ५२ देखि त्यहाँका जनतालाई जवरजस्ति माओवादिमा लगाएर दिएकाे दुख्खकाे ऋण समेत तिर्ने छन । त्यहि निहुमा कर्नालिका अन्य जिल्लाहरुले पनि विकासकाे फल चाख्न पाए भने अहिले कर्नालि जसरि सबैकाे हेयकाे पात्रकाे रुपमा बाँच्नु परेकाे छ त्यसमापनि परिवर्तन आउन सक्छ । नेपालकाे राजनितिक प्रणालि जताजता सत्तारुण नेता गयाे त्यतात्यता मात्रै विकासका याेजनाहरु तनिने चलन छ । त्यसैले पनि कर्नालिमा २/४ ठाउँमा राेप वय र नेपालगन्जदेखि हुम्लासम्म पुग्ने २/४ वटा सडकहरुकाे गुणस्तर सुधार गर्दै बाह्रै मास गाडि चल्न सक्ने र कर्नालिमा जडिवुटि राेपण,संरक्षण,उत्पादन र स्याउ,सुन्तला,आेखर , अदुवा,सिमि ,मार्सि चिनाे, भटमास र सिजनल तरकारीमा भरपुर आकर्षण र घाेडा,भेडा,खसिबाख्रा जस्ता मासुजन्य बस्तु उत्पादनमा जाेड दिन सकियाे भने जनतालाई समृद्धिमा उकाल्न कुनै गाह्राे छैन । पहिचान र प्रतिफल सहितका याेजना कार्यान्वयन गर्न सकियाे र भष्टाचार विहिन कर्मचारी तन्त्र चलाउन सकियाे भने देश र जनताकाे मुहार फेर्न त्यति कठिन छैन ।तर ,अहिले ती जिल्लाहरुमा शिलशिलेबाररुपमा जे जस्ता भष्टाचारका घटनाहरु घटि रहेका छन त्यसलाई पूर्ण रुपमा दुरुत्साहित गर्न सकियन भने चाई प्रधानमन्त्री , विकास वजेट, याेजना,जुनसुकै कुराले परिपूर्ण बनाएनि कर्नालि बन्दैन ,बन्दैन । किनभने मधेस पछिकाे सबैभन्दा बढि भष्टाचार हुने प्रदेश कर्नालि हाे भने त्यहाँका भ्रष्टहरु भनेका कर्मचारी ,स्थानिय नेता, पुलिस प्रशासन र याेजना बाँडने नेताहरुनै हुन । विकासका प्रसस्त सम्भावना रहेर पनि सदियाैँ देखि राज्यकाे उपेक्षामा बाच्न बाध्य कर्नालिका जनता राज्यकाे श्राेत बाँडफाँडमै ठगिएका छन । प्रचण्ड आँफैबाट ठगेकाे चाैकुने सिमेन्ट उद्याेग र जिएम अारकाे विद्युत परियाेजना मात्रै प्रचण्डले सन्चालन हुने दिए भनेपनि कर्नालिलाई ठूलाे राहत मिल्नेछ । यी उल्लेखित याेजनामा कनम गर्न र गराउन दिने बाँचा चुनाबका बेला कालिकाेटका जनताले गराउन सके भने मात्रै पनि अरु विकासका ढाेकाहरु खुल्दै जानेछन । तर यसका लागि प्रचण्ड नै सकारात्मक हुन जरुरीछ ।

उनलाई सकारात्मक उपाए भनेकाे उनलाई कालिकाेटमा लगेर चुनाब लडाउनु र त्यहाँका जनताकाे दर्दनाक अबस्था उनले गाउँ गाउँमा गएर देखुन भन्ने हाे । नकि कार्यकर्ताकाे मुखबाट सुनुन भन्ने हाे । त्यसैले कालिकाेटे भाइ हाे जाेड गर है ! प्रचण्डलाई त्यैँबाट चुनाउमा उठाउनु पर्छ ।

घुयँत्राे:“प्रचण्ड कालिकोट जाने रे! टिकट काटियो कि अझै गर्भमै?”

समानुपातिकमा जुम्लालाई कांग्रेस-एमालेले पत्याएनन्

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds