सञ्चालक रावतलाई तत्काल निलम्बन गर्न नेफ्स्कून कर्मचारीहरुको माग, सेवाहरु पूर्ण रुपमा बन्द

काठमाडौं ,२१ पुस।

नेफ्स्कूनका सञ्चालक विर बहादुर रावत (भोटे)लाई घटनाको विधिसम्मत छिनोफानो नभएसम्मका लागि तत्कालै निलम्बन गरि बर्खास्त गर्न नेफ्स्कूनमा कार्यरत कर्मचारीहरुले माग गरेको छ।
पौष १८ गते शुक्रबार सुर्खेत सदस्य सेवा कार्यालयमा कार्यरत कर्मचारीहरु मदन कुमार चन्द र पुष्पराज तिमिल्सेनालाई गरेको दुव्र्यवहार र कुटपिटका सम्बन्धमा कर्मचारीहरुले ६ बुँदे माग पत्र प्रमुख कार्यकारी अधिकृतलाई बुझाउँदै घटनाको छिनोफानो नभएसम्मका लागि संघका सबै कार्यालयहरुबाट प्रवाह गरिने सम्पूर्ण सेवाहरु पुर्ण रुपमा बन्द गरिने जनाएको छ ।
कर्मचारीहरुले निर्वाध रुपमा कार्य गर्न पाउनुपर्ने विधिको पुर्ण पालनाका लागि समिति तथा उपसमितिको सम्पूर्ण प्रकारका कार्यकारी भूमिकालाई पुर्ण रुपमा हटाई संघको विनियम तथा कार्यविधिमा उल्लेख भएका कार्य तथा जिम्मेवारी बाहेक अन्य कुनै पनि प्रशासनिक कार्यमा हस्तक्षेप नगर्न समेत माग गरेको छ।
त्यस्तै संघका सम्पूर्ण कार्यालयहरुमा रहेको सबै उपसमितिको कार्यकक्षहरु तत्कालै हटाउन समेत माग गरेको छ ।
मागहरु सम्बोधन नभए चरणबद्ध थप आन्दोलनको समेत घोषणा गर्ने उनीहरुले बताएका छन्।

सञ्चालक रावतलाई तत्काल निलम्बन गर्न नेफ्स्कून कर्मचारीहरुको माग, सेवाहरु पूर्ण रुपमा बन्द

घुयँत्राे:“प्रचण्ड कालिकोट जाने रे! टिकट काटियो कि

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds