स्याउ बगैंचा व्यवस्थापनमा जुटे: जुम्लाका किसान

हिउँदे मौसम लागेसँगै हिमाली जिल्ला जुम्लाका राताम्मे स्याउ बगैंचाहरू पात झरेर उजाड बनेका छन् । भदौदेखि कात्तिकसम्म बगैंचाबाट स्याउ टिपिसकेपछि बगैंचाका स्याउ बोट उजाड बनेका हुन् ।

स्याउ जुम्लाको मुख्य फलफूल बाली हो । कृषि र पर्यटनको प्रचुर सम्भावना रहेको जुम्लाका अधिकांशका किसान स्याउ खेतीमा आत्मनिर्भर छन् । स्याउ खेतीबाट जुम्लाले बर्सेनि आधा अर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्छ । व्यावसायिक तथा जीविकोपार्जनका रूपमा मुख्य आम्दानी स्रोतको रूपमा स्थापित जुम्लाका किसानले झन्डै आधा शताब्दीदेखि निरन्तर स्याउ खेतीलाई पछ्याइरहेका छन् ।

बर्सेनि हिउँदयामको पुस र माघ महिनामा स्याउ बगैंचा व्यवस्थापन तथा काँटछाँट गर्ने र त्यसपछि आंशिक रूपमा स्याउको व्यवस्थापन गर्ने गरिन्छ । भदौदेखि कात्तिक महिनासम्म जुम्लाका बगैंचामा लोभलाग्दो लटरम्म स्याउ फल्छन् । अन्य खेतीको तुलनामा कम झन्झटिलो मानिने स्याउ खेतीले जुम्लाको आर्थिक स्थितिलाई माथि उकास्न महत्त्वपूर्ण योगदान दिएको छ ।

पछिल्लो समय कृषिअन्तर्गत स्याउ खेतीतर्फ स्थानीयको आकर्षणसमेत बढ्दै गएको छ । करोडौं रुपैयाँको स्याउ फल्ने स्याउ बगैंचामा जुम्लाका किसान अहिले बगैंचा व्यवस्थापन गर्न तल्लीन छन् । अक्सर स्याउ बोटबाट स्याउ पोस्ट हार्भेस्ट गरिसकेको केही हप्तामै स्याउ बगैंचाहरू पात झरेर नांगो हुन्छ । स्याउको उत्पादन, संकलन तथा बजारीकरण गरिसकेपछि हिउँदयामको चिसो मौसममा स्याउ बगैंचा व्यवस्थापन सुरु हुन्छ । स्याउको भरपर्दो र समुचित ढंगले बगैंचा व्यवस्थापन गर्न सके किसानले गुणस्तरीय उत्पादन र राम्रो आम्दानी लिन सक्छन् ।

जुम्लाको आठ वटै स्थानीय तहमा अहिले स्याउ बगैंचा व्यवस्थापन कार्य सुरु गर्न थालिएको छ । पुस महिना लागेसँगै जुम्लाका किसानले उजाडिएका स्याउ बगैंचामा गोडमेल गर्ने, सिँचाइ गर्ने, मलजल गर्ने, रोग किरा आदिको प्रकोप नियन्त्रण गर्ने र हाँगाबिगाको काँटछाँट गर्ने लगायतका काम गर्न भ्याइनभ्याइ छ । बर्सेनी जुम्लाका किसानलाई कृषि विकास,स्याउ सुपरजोन र सम्बन्धित स्थानीय तहहरूले प्राविधिकको व्यवस्था गरी स्याउ बगैंचा व्यवस्थापन सम्बन्धित तालिम र फिल्डमै पुगेर किसानले स्याउ खेती गर्ने तरिका सिकाउने गर्छन् ।

यी कार्यालयबाट स्याउ बगैंचा व्यवस्थापन गर्ने र काँटछाँट गर्ने तरिका सिकाउने गर्छन् । स्याउ बोटमा पालुवा र कोपिला पलाउनु अगावै स्याउको हाँगाबिगा काँटछाँट गर्नुपर्ने हुन्छ । स्याउ बगैंचाको बोटलाई फर्मल इन्फेक्सनका कारण बोटमा कटिङको घाउ नबढोस् र प्रकोप नियन्त्रण होस् भन्ने उद्देश्यले स्याउको अनाधिकृत हाँगा काँटछाँट गर्नुपर्ने कृषि विकास कार्यालय जुम्लाका प्रमुख राम अधिकारीले बताए । ‘स्याउ कटिङ गर्दा हावा र घाम स्याउको सबै हाँगा र पातसम्म सर्कुलर हुन्छ, विभिन्न स्याउमा लाग्ने रोग संक्रमणलाई प्रतिरोध गर्छ,’ कार्यालय प्रमुख अधिकारीले भने, ‘स्याउ बगैंचा व्यवस्थापनको मुख्य काम हाँगा काँटछाँट हो, यसले स्याउको निश्चित आकार बनाउन टेवा पुग्छ ।’

उनले प्राविधिकको सिकाइअनुसार गरिएको स्याउ बगैंचा व्यवस्थापनले उत्पादन र गुणस्तर कायम गर्न महत्त्वपूर्ण योगदान पुग्ने बताए । स्याउ बगैंचा व्यवस्थापन गर्दा कृषकले स्याउ बोटमा प्रकोप नियन्त्रण गर्न बोरो पेस्ट र बोरो मिक्चर छर्किने गर्छन् । यसो गर्दा स्याउ बोटमा संक्रमण नियन्त्रण गर्छ ।

पुस महिना सुरु भएसँगै किसानहरू स्याउ बगैंचा व्यवस्थापनमा जुटेको जुम्लाको पातारासी गाउँपालिका– ६ उर्थु गाउँका किसान अम्मरबहादुर बिष्टले बताए । ‘स्याउ बगैंचाको व्यवस्थापनमा राम्रोसँग गर्न सके उत्पादन र गुणस्तरसमेत वृद्धि हुन्छ, स्याउको बगैंचा व्यवस्थापन गर्ने मुख्य समय पनि यही याममा गर्नुपर्छ,’ किसान बिष्टले थपे,‘ स्याउका लागि आवश्यक उपकरण सबै छन्, हामीले बगैंचाको राम्रो हेरचार गर्न सके राम्रो आम्दानी लिन सक्छौं ।’

उनले स्याउको जथाभावी हाँगाबिँगा काँटछाँट गर्दा उत्पादन र गुणस्तर दुबैमा ह्रास आउने उल्लेख गरे । स्याउका लागि अनुकूल हावापानी र उचित बगैंचा व्यवस्थापनको संयोजनले मात्रै स्याउको उत्पादकत्व  वृद्धि र स्याउको गुणस्तर राम्रो हुन्छ।

स्याउ बोट उजाड भएसँगै बगैंचा व्यस्थापनमा जुटेको सोही गाउँ अर्का किसान हर्कबहादुर बुढाले बताए । उनका अनुसार स्याउ बोटको अनाआवश्यक हाँगाहरु काँटछाँट गर्ने, जरामा किरा नलागोस् भनेर बोडो पेस्ट लगाउने, गाईवस्तुको गोठे मल हाल्ने, सिचाईं गर्ने, हिउँ र वर्षाको पानी सञ्चित गर्न पोखरी निर्माण गर्ने गरेका छन् ।

स्याउ बगैंचाको राम्रो र उपयुक्त व्यवस्थापन भए मात्र स्याउका बोटले गुणस्तरीय स्याउ र उत्पादन वृद्धि हुने स्याउ किसान बुढाको भनाइ छ । स्याउको बोटमा फैलिने हाँगाबिगाहरुको उपयुक्त किसिमले काँटछाँट गरेमात्र सूर्यको प्रकाश बोटको चारैतर्फ पुग्ने र  बोटले आवश्यक भिटामिनयुक्त तत्व प्राप्त गर्ने हर्कबहादुर बताउँछन् । उनले स्याउको गुणस्तर वृद्धि गर्न र उत्पान क्षमता बढाउन स्याउ कटिङका साथसाथै उपयुक्त मलजल, सिचाईं र आवश्यक औषधि छर्किनु पर्ने बताए ।

स्याउ बगैंचाको राम्रो र उपयुक्त व्यवस्थापन भए मात्र स्याउका बोटले गुणस्तरीय स्याउ र उत्पादन वृद्धि हुने स्याउ किसान बुढाको भनाइ छ । स्याउको बोटमा फैलिने हाँगाबिगाहरुको उपयुक्त किसिमले काँटछाँट गरेमात्र सूर्यको प्रकाश बोटको चारैतर्फ पुग्ने र  बोटले आवश्यक भिटामिनयुक्त तत्व प्राप्त गर्ने किसान बताउँछन् ।

जुम्लाले यो वर्ष ६१ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको जुम्लामा एक किसानले न्यूनतम ५० हजार रुपैयाँदेखि १२ लाख रुपैयाँसम्मको कमाउछन् ।

स्याउ बगैंचा व्यवस्थापनमा जुटे: जुम्लाका किसान

सोलार लिफ्ट आयोजना अलपत्र

स्याउ बगैंचा व्यवस्थापनमा जुटे: जुम्लाका किसान

रवि लामिछानेले सभामुख घिमिरेलाई भेटेर बुझाए निलम्बन