जुम्लामा यस वर्ष दसैंमा १० करोडभन्दा बढी खरिदबिक्री

गाेल्डेन बुढा
जुम्ला,१३ असोज ।
जुम्लामा यस वर्षको दसैंमा १० करोडभन्दा बढीकाे खसी,राँगा र भेडा खरिदबिक्री भएको छ।स्थानीय तथा बाहिरी जिल्लाबाट ल्याइएका १० करोड पाँच हजार मूल्य बराबरका खसी, भेडा, राँगो तथा भैँसी खरिद बिक्री भएको चन्दननाथ नगरपालिकाको पशुपन्छी विकास शाखाले जनाएको छ।
शाखाका अनुसार तीमध्ये भेडा ९ करोड ३४ लाख ८८ हजार, खसी ३७ लाख ४० हजार र रागोँ÷भैँसी २६ लाख ७७ हजार ५ सय को खरिदबिक्री कारोबार भएको हो।शाखा प्रमुख विरबहादुर रावलले यस पटकको दसैंका लागि ५ हजार ८ सय ४३ भेडा बिक्री भएको बताए।उनले २ सय ५६ खसी, राँगो र ६३ भैँसी पनि खरिद बिक्री भएको बताए।उनले दसैंमा स्थानीय भेडाको अधिकतम मूल्य २३ हजार, न्यूनतम मूल्य ९ हजार र औषत मूल्य १६ हजार तोकिएको बताए।
यस्तै खसीको अधिकतम मूल्य २२ हजार, न्यूनतम मूल्य ८ हजार औषत मूल्य १५ हजार रहेको बताए।यस्तै राँगो÷भैँसीको अधिकतम मूल्य ६१ हजार, न्यूनतम मूल्य २४ हजार र औषत मूल्य ४२ हजार ५ सय रहेको थियो ।जुम्लामा , कालीकाेबाट खसी, भेडा र राँगो÷भैँसी ल्याइएको थियो।गतवर्षकाे दसैंमा १६ करोड ३२ लाख ३१ हजार मूल्य बराबरका खसी, भेडा, राँगो तथा भैँसी खरिद बिक्री भएको थियोे। गतवर्ष भन्दा यो वर्ष सस्तोमा खरिदबिक्री भएको हो।






