अछामको ढकारीमा दुई किशोरी मृत फेला

अछामको ढकारी गाउँपालिका–८ घोडासैनका २ जना किशोरी मृत फेला परेका छन् । गाउँपालिकाको वडा नम्बर १ मा रहेको छिन्ने जंगलमा १४ वर्षीया सरस्वती खड्का र ईश्वरी खड्काको शव फेला परेको अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए ।

मृतक किशोरी एकै घरका फुपू, भदै नाता पर्ने उनले बताए ।

प्रहरी प्रमुख भण्डारीका अनुसार सरस्वती र ईश्वरी शुक्रबार गाईवस्तु चराउन सँगै जंगल गएका थिए । साँझसम्म पनि उनीहरु घरमा नआएपछि परिवारले खोजी गरिरहेको थियो । प्रहरीमा भने खबर भएको थिएन ।

‘आज (शनिबार) पनि साँझ ६ बजेपछि मात्रै शव फेला परेको खबर हामीले पाएका हौं । किशोरी हराएको र खोज्नु पर्ने खबर हामीलाई यसअघि आएको थिएन,’ प्रहरी प्रमुख भण्डारीले भने, ‘आज रातिको समय भएकाले घटनास्थलको सुरक्षा मात्रै गर्न सकिने अवस्था छ । यसका लागि आवश्यक प्रहरी घटनास्थल पठाइएको छ । आइतबार बिहानै प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थलमा जान्छौं ।’

अछामको ढकारीमा दुई किशोरी मृत फेला

देखिन छाडेँ तिला नदीमा माछा

अछामको ढकारीमा दुई किशोरी मृत फेला

मदन राई बालयौन दुरूपयोगमा दोषी ठहर