कर्मचारी संगठन भेरीगंगा अध्यक्षमा चपाई

नेपाल निजामति कर्मचारी संगठन नगर कार्यसमिति भेरीगंगाको तेस्रो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । कर्णाली प्रदेशका पूर्वमन्त्री खडक खत्रीको प्रमुख आतिथ्यता तथा नगर प्रमुख यज्ञ प्रसाद ढकालको विशेष आतिथ्यता, नगर उपप्रमुख धनसरा बोहराको आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।

अधिबेशनले भोज प्रसाद चपाईको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । कमिटीको उपाध्यक्षमा हेमा गुरुङ, सचिवमा पदम बाह्रघरे, कोषाध्यक्षमा प्रताप अधिकारी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सावित्रि शर्मा, प्रकाश पौडेल, धनसरा विक, रत्ना उपाध्याय, डिलकुमारी राना, देविसरा आचार्य, चित्र बहादुर केसी, डिकेन्द्र पौडेल, जय बहादुर विक चयन भएका छन् ।

कर्मचारी संगठन भेरीगंगा अध्यक्षमा चपाई

तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा १२

कर्मचारी संगठन भेरीगंगा अध्यक्षमा चपाई

YUGAAWHAN NATIONAL DAILY (2081-10-12)