तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा १२ वर्षीय बालक प्रहरी नियन्त्रणमा


जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका– ७, स्यालामा तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा १२ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। माघ ९ गते राति करिब १० बजे बालिकालाई धारिलो हतियारले घाँटी रेटी हत्या गरिएको थियो। हत्या गरी शव घाँस राख्ने टहरामा लुकाइएको थियो।

प्रहरीले माघ १० गते बिहान ५ बजे बालकलाई बारेकोट– ६, ताँसीस्थित आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको छ। बालकलाई बाल निगरानी कक्षमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी जाजरकोटका सूचना अधिकारी दिनेश तिमिल्सिनाले जानकारी दिए ।

घटनास्थलबाट हत्या गर्न प्रयोग गरिएको धारिलो हतियार (चक्कु) बरामद गरिएको तिमिल्सिनाले बताए । प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार घटनाको प्रारम्भिक अनुसन्धान सकिएको छ। अब अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइनेछ।

तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा १२ वर्षीय बालक प्रहरी नियन्त्रणमा

जग्गा भोगाधिकार र रुख कटानको बाटो खुल्यो

तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा १२ वर्षीय बालक प्रहरी नियन्त्रणमा

कर्मचारी संगठन भेरीगंगा अध्यक्षमा चपाई