लेकवेशी नगरपालिकाले सवारी साधन प्रयोगमा कडाइ

सुर्खेत ,२ असोज ।
सुर्खेतको लेकवेशी नगरपालिकाले सरकारी खर्च मितव्ययी बनाउन विशेष निर्देशनात्मक आदेश जारी गरेको छ।

नगर प्रमुख उमेश कुमार पौडेलले असोज महिनादेखि लागू हुने गरी नगरपालिकाका नाममा दर्ता भएका सम्पूर्ण सरकारी सवारी साधन नगर कार्यपालिकाको कार्यालयमै राख्ने र ती सवारी साधनलाई कार्यालयका कामकाजका लागि मात्र प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो।

निर्देशनअनुसार अब सवारी साधन प्रयोग गर्दा अनिवार्य रूपमा लगबुक भरी मात्र प्रयोग गर्न पाइनेछ। यस कदमले अनावश्यक खर्च कटौती भई नगरपालिकाको आन्तरिक आम्दानीलाई प्रभावकारी रूपमा प्रयोग गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

नगर प्रमुख पौडेलले स्थानीय सरकारलाई मितव्ययी बनाउन नागरिकको चाहनालाई हृदयंगम गर्दै यस्तो निर्णय गरिएको बताउनुभएको छ।

 

लेकवेशी नगरपालिकाले सवारी साधन प्रयोगमा कडाइ

कैलालीमा २२६ कैदीबन्दी कारागार फर्किए

लेकवेशी नगरपालिकाले सवारी साधन प्रयोगमा कडाइ

निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित

Leave a comment

Your email address will not be published. Required fields are marked *