२०८३ मंसिर १२ गते
वीरेन्द्रनगर, सुर्खेत 17°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

बर्दियामा चितुवाकोे आक्रमणबाट एक महिलाको मृत्यु 

बर्दिया ,१ भदौ। 
बर्दियाको गुलरिया नगरपालिका वडा नं ११ भैँसाही स्थित चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । चितुवाले आक्रमण गर्दा सोही ठाउँ बस्ने ४५ वर्षिय जगतरानी थारूको मृत्यु भएको हो ।

धान गोड्नका लागि शुक्रबार साँझ मृतक जगतरानी खेतमा जानु भएको थियो । राती अबेर सम्म घर नआएपछि कसैको घरमा बसेको भनेर खोजबिन गरिएको थिएन । आज बिहान देखि मात्र खोजबिन गर्दा उखुबारी भित्र शरिर र टाउको छुट्टिएको अवस्थामा मृतक थारूको शव फेला परेको थियो । थारूलाई उखुबारीबाट आएको चितुवाले आक्रमण गरेको हुन सक्ने स्थानीयले बताएका छन् । उखुबारीमा महिलाको शव फेला परेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।

शवको प्रकृति हेर्दा चितुवाले आक्रमण गरेर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । कुन जनावरले आक्रमण गरेको हो भन्ने पोष्टमार्टम रिपोर्ट पछि मात्र थाहा हुने जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक चक्रबहादुर डमरपालले बताउनु भयो ।
शवको पोष्टमार्टम नगर्दा सम्म कुन जनावरले आक्रमण गरेको भन्ने यकिनका साथ भन्न नसकिने डिभिजन वन कार्यालय बर्दियाका सुचना अधिकारी रामकुमार चौधरीले बताउनु भयो । उहाँले शवको वरपर चितुवाको पाइला देखिएको बताउनु भयो ।  शव पोष्टमार्टमका लागि बर्दिया अस्पताल लगिएको छ ।थारूमाथी आक्रमण भएको स्थान नदीको किनार र सामुदायीक वनको छेउमा पर्दछ । सो क्षेत्रमा  चितुवा देखिने गरेको र पटक पटक सम्बन्धीत निकायलाई खबर गर्दा समेत चितुवा समात्न नआएको गुलरिया नगरपालिका वडा नं १२ सुर्यगौडीका साबिर अलि गद्दीले बताउनु भयो । चितुवाले गाउँमा घरपालुवा जनावरलाई आक्रमण गर्ने गरेको उहाँले बताउनु भयो ।
यस अघि बबई नदीको छेउमा पर्ने गुलरिया नगरपालिका वडा नं ५मा चितुवाको आक्रमणबाट दुई जनाको मृत्यु भएको थियो ।

 

 

बर्दियामा चितुवाकोे आक्रमणबाट एक महिलाको मृत्यु 

भगवती जात्रा अमूल्य धरोहरः मुख्यमन्त्री आचार्य

बर्दियामा चितुवाकोे आक्रमणबाट एक महिलाको मृत्यु 

हराउँदै ऐतिहासिक देवल : जुम्लाको मौन इतिहास

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!