जुम्लाको हिमा गाउँपालिकालाई बाल विवाहमुक्त

जुम्ला, ३१ बैशाख ।
जुम्लाको हिमा गाउँपालिकालाई बालविवाहमुक्त गाउँपालिका घोषणा गरिएको छ।गाउँपालिकाका सबै वडालाई बालविवाहमुक्त घोषणा गरेपछि हिमा गाउँपालिकालाई नै बालविवाह मुक्त घोषणा गरिएको हो।मंगलबार हिमाको-६ नम्बर वडा बालविवाहमुक्त घोषणा भएको छ।उक्त गाउँपालिका भित्र १ देखि ७ वडा छन्।
हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले गाउँपालिकालाई जुम्लाका कै पहिलो बालविवाह मुक्त गाउँपालिका घोषणा गर्न पाएको भन्दै खुसी लागेको बताए।यो अभियानलाई निरन्तरताका लागि सबैको समन्वय र सहकार्य आवश्यकताको जरुरी रहेको बताए। उनले,’गाउँपालिकास्तरमा चाहिने सुचकहरु पूरा गरेर गाउँपालिका नै बालविवाहमुक्त हुने तयारीमा छोैँ’।’
जुम्लामा ८ वटा स्थानीय तहमै पहिलो बालविवाहमुक्त गाउँपालिका घोषणा गरिएको थियो। एक चन्दननाथ नगरपालिका, सात वटा गाउँपालिका र ६० वटा वडा छन्।६० वडामध्ये अहिलेसम्म १४ वडा बालविवाहमुक्त घोषणा भएका छन्।

गाउँपालिकामा २० प्रतिशतभन्दा कम बालविवाह भए बालविवाहमुक्त घोषणा हुने प्रावधान रहेको छ ।हिमा स्थानीयले बालविवाह नगर्ने र बालविवाह हुन नदिने प्ररण गरेका छन्। कुनै बेला बालविवाहको विकराल समस्या भोगिरहेको थियो।गाउँपालिकास्तरमा चाहिने सुचकहरु पूरा गरेर गाउँपालिका नै बालविवाहमुक्त हुने तयारीमा छ।’केही वर्षअघिसम्म झण्डै ७० प्रतिशतभन्दा बढी बालविवाह हिमाले खेपिरहेको थियो,’आजभोलि अभिभावकहरु सचेत छन्। युवायुवतीहरु जानकार छन्।
शून्यमा झरेको छ ।’ हिमाका स्थानीयले बालविवाह बहिष्कार गरिरहेका छन् । ’उनीहरु न बालविवाह गर्छन् न,त बालविवाह गर्न दिन्छन्,’ उनले भने, ‘बरु सचेतना फैलाएर बालविवाहलाई सधैंका लागि सोचबाट हटाउन चाहिरहेका छन्। किशोरकिशोरीहरु बालविवाह रोक्न सचेतना फैलाउँछन्।आमा समूह, धर्मगुरुहरु, पुरोहितदेखि बुढापाकासमेत बालविवाह गर्दा हुने हानिनोक्सानी बारेमा संवेदनशील छन् ।’
अशिक्षा, गरिबी, सामाजिक संस्कार र प्रविधिको दुरुपयोगले बालविवाह मौलाइरहेको थियो,’ अध्यक्ष शाहीले भने, ‘सामाजिक हानिकारक अभ्यासका बारेमा जनचेतना छर्न थालेपछि बालविवाह गर्ने भेटिँदैनन् ।’ हिमाले २०१८ देखि नै बालविवाह अपराध भएको ठहर गर्दै न्यूनीकरणको अभियान चलाएको थियो । २० वर्ष नपुग्दै आमा बन्ने किशोरीहरु पनि धेरै थिए। किशोरकिशोरीहरु बालविवाह रोक्न लागि परेका छन् ।’
गाउँबस्तीमा बालविवाह गर्दा हुने बेफाइदाका कक्षहरु, अन्तरक्रिया, किशोरी शिक्षा, अभिभावक र समुदायका अगुवाहरु संग छलफल, बालविवाहले देखिने सामाजिक र शारीरिक समस्याका बारेमा पटकपटक बहस तथा पैरवी हुने गरेको थियो । जनप्रतिनिधि, युवा क्लबहरु, महिला समूहहरुले जागरण नै चलाए । बालविवाह गर्ने गराउनेलाई सरकारी सेवाबाट बञ्चित गर्ने र विवाह बहिस्कार गर्ने सम्मका कार्यहरु चले । गाउँपालिकाले हरेक बालविवाहमुक्त वडालाई घोषणाको औपचारिक पत्र दिएको छ ।

क्याप्सनः बालविवाहमुक्त गरेको तस्बिर गोल्डेन बुढा जुम्ला !






