दिल्लीका मुख्यमन्त्री केजरीवाल पराजित

सुर्खेत । भारतको दिल्ली विधानसभा चुनावमा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल पराजित भएका छन् । उनलाई भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवार प्रवेश बर्माले पराजित गरेका हुन् ।

पूर्व मुख्यमन्त्री केजरीवाललाई चुनावमा पराजित गरेपछि विजयी बर्माले केन्द्रीय गृहमन्त्री अमित शाहलाई फोनमार्फत् जानकारी गराएका छन् । शाहले उनलाई तत्काल भेटघाटका लागि बोलाएका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

समाचारमा भाजपाले केजरीवाललाई पराजित गरेका बर्मालाई नयाँ सरकारमा महत्वपूर्ण जिम्मेवारी सुम्पिन सक्ने अनुमानसमेत गरिएको छ ।

भाजपाका दिल्ली इकाई अध्यक्ष विरेन्द्र सचदेवाले भने दिल्लीका लागि आगामी मुख्यमन्त्री भाजपाकै नेता हुने र व्यक्तिको चयन केन्द्रीय नेतृत्वले गर्ने प्रतिक्रया दिएका छन् ।

दिल्लीका मुख्यमन्त्री केजरीवाल पराजित

सल्यानमा जारी महोत्सवमा राखिएको ८० स्टलमा आगलागी