कोहलपुरमा वन्यजन्तुको आतंक : चितुवाको आक्रमण बढ्दा स्थानीय त्रसित

बाँके,२२ कार्तिक ।

बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको कोहलपुर नगरपालिकाका विभिन्न क्षेत्रमा पछिल्लो समयमा बाघ र चितुवाको आतंक बढ्दै गएको छ। केही दिनअघि ढकेरीमा घाँस काट्न गएका एक व्यक्तिमाथि बाघले आक्रमण गरी मृत्यु भएपछि त्रसित बनेका स्थानीयबासी अहिले चितुवाको आक्रमण बढेपछि थप चिन्तित बनेका छन्।

शुक्रबार राति कोहलपुर नगरपालिका–१२, सुन्दरबस्तीका स्थानीय रबि टमटाको खोरमा पालेका तीनवटा बाख्रा चितुवाले मारेर खाएको घटना बाहिर आएको छ। खोरभित्रै थुनेर राखिएका बाख्रालाई चितुवाले रातिको समयमा आक्रमण गरी खाएको र पछिल्ला केही दिनयता उक्त क्षेत्रमा चितुवाको स्वर समेत सुन्ने गरिएको टमटाले बताउनुभयो।

निकुञ्ज नजिकैको बस्तीमा बाघ र चितुवाको डर बढेपछि स्थानीयहरू साँझ पर्नासाथ घरबाहिर निस्कन डराउने गरेका छन्। टमटाले भन्नुभयो “हामी अहिले हरेक क्षण डर र त्रासमा बसिरहेका छौँ। घरपालुवा जनावर मात्रै होइन, मान्छेमा पनि खतरा बढ्दै गएको छ।”

त्यस्तै, स्थानीय मनविर सुनारका अनुसार केही दिनको अन्तरालमै कोहलपुरको निबुवा देखि खड्कवारसम्मका चार ठाउँमा चितुवाले बाख्रा आक्रमण गरेको छ। “लगातार जनावर मारिँदा गाउँमा डर व्याप्त छ,” उहाँले भन्नुभयो “निकुञ्ज र सम्बन्धित निकायले तत्काल नियन्त्रणका उपाय अपनाउनुपर्छ।”

निकुञ्ज नजिकका गाउँबस्तीमा पछिल्ला दिनमा बाघ र चितुवाको गतिविधि बढ्दै गएको र यसले मानव–वन्यजन्तु द्वन्द्वको खतरा बढाएको स्थानीयले बताएका छन्। उनीहरूले वन्यजन्तु नियन्त्रण र जनचेतनामूलक कार्यक्रमका लागि सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन्।

कोहलपुरमा वन्यजन्तुको आतंक : चितुवाको आक्रमण बढ्दा स्थानीय त्रसित

अस्वस्थ जीवनशैलीका कारण बाँकेका पत्रकारमा मुटु रोगको

कोहलपुरमा वन्यजन्तुको आतंक : चितुवाको आक्रमण बढ्दा स्थानीय त्रसित

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाको

Leave a comment

Your email address will not be published. Required fields are marked *