मृत अवस्थामा फेला परे नवीन

गााेल्डेन बुढा
जुम्ला,२४ जेष्ठ ।
जुम्लाको सिंजा गाउँपालिकामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। शनिबार विहान साढे ६ बजे पिपलानी नराकोट भुलीको कच्ची सडक किनारमा फेला परेका हुन्। मृतक सिंजा -३ का ५५ वर्षका नवीन घर्ती हुन् ।
नवीनकाे सडक किनारमा फेला परेको प्रहरी चौकी नराकोटका हवल्दार दीपक गुरुङले बताए। उनले भने,´मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ।जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी निरीक्षक रोहित रसाइलीको नेतृत्वमा पाँचजनाको टोली घटनास्थल पुगेको थियोे। प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु हुनेछ।मृत्युको कारण र परिस्थिति अझै खुल्न बाँकी छ। स्थानीयले घटनालाई लिएर चासो व्यक्त गरेका छन्। प्रहरीले थप विवरण प्राप्त भएपछि जानकारी दिने जनाएको छ।






