सशस्त्र प्रहरीले निकाल्यो भेरी नदीमा बेपत्ता भएका दुईमध्ये एक युवकको शव

सुर्खेत । सुर्खेतमा झोलुङ्गे पुल निर्माणको क्रममा भेरी नदीमा बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव सशस्त्र प्रहरी बलले फेला पारेको छ ।

बुधबार बराहताल गाउँपालिका–४ को कुटा र पञ्चपुरी नगरपालिका–१० को चाम्री जोड्ने भेरी नदीमाथिको निर्माणाधीन पुलको लठ्ठा तान्ने क्रममा २४ वर्षीय अनिल घर्ती र १८ वर्षीय अर्जुन झाक्री मगर नदीमा खसेर बेपत्ता भएका थिए ।

घर्तीको शव सशस्त्र प्रहरी बल नं। ६ महेश्वरी बाहिनी सुर्खेतबाट खटिएको गोताखोरको टोलीले निकालेको हो । झाक्रीको अवस्था भने अज्ञात छ ।

महेश्वरी बाहिनीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार झाक्रीको खोजी कार्य भइरहेको छ ।

सशस्त्र प्रहरीले निकाल्यो भेरी नदीमा बेपत्ता भएका दुईमध्ये एक युवकको शव

YUGAAWHAN NATIONAL DAILY (2081-10-24)

सशस्त्र प्रहरीले निकाल्यो भेरी नदीमा बेपत्ता भएका दुईमध्ये एक युवकको शव

YUGAAWHAN NATIONAL DAILY (2081-10-25)