खसी–बोका व्यवसायमार्फत बैजनाथ सहकारी लाभान्वित

बाँके,१९ भदौ ।
बाँकेको  बैजनाथ–४ मा रहेको बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थाले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष ०८१/८२ मा नाफामा उल्लेखनीय प्रगति गरेको छ । गत वर्ष ५ हजार २०५ रुपैयाँ मात्र खुद नाफा कमाएको सहकारीले यस वर्ष ६ लाख ३५ हजार ५९५ रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा १२२ प्रतिशत वृद्धि भएको सहकारीले जनाएको छ ।
हाल सहकारीमा १ हजार ५४५ सदस्य रहेका छन्। उनीहरूबाट १ करोड १२ लाख ८ हजार रुपैयाँ बचत संकलन गरिएको छ भने शेयर पुँजी ४२ लाख ३१ हजार ९ सय रुपैयाँ पुगेको छ । सहकारीले यस अवधिमा २४ लाख रुपैयाँ बराबरका खसी–बोका खरिदबिक्री समेत गरेको अध्यक्ष कमला बुढाले जानकारी दिए ।
अघिल्लो वर्षको तुलनामा सहकारीको सम्पूर्ण वित्तीय स्थिति उकासिएको छ । अघिल्लो वर्ष ऋण ९७ लाख रुपैयाँमा सीमित रहँदा यस वर्ष उठाउन बाँकी ऋण १ करोड ६१ लाख ६० हजार रुपैयाँ पुगेको छ । त्यस्तै, बचत ७३ लाखबाट बढेर १ करोड १२ लाख पुग्दा शेयर पुँजी २९ लाखबाट बढेर ४२ लाख पुगेको छ ।
प्रबन्धक प्रमोद रिजालका अनुसार सहकारीले दैनिक बचत संकलनलाई निरुत्साहित गर्दै गाउँका ८२ वटा बाख्रापालन समूहमार्फत मासिक बैठक सञ्चालन गर्दै आएको छ । साथै, सहकारीले पछाडि पारिएका वर्ग, महिला, दलित र जनजातिलाई लक्षित गरी खसी–बोका व्यवसाय, आवश्यक ऋण तथा प्राविधिक परामर्श उपलब्ध गराउँदै आएको छ । आगामी योजनाका बारेमा प्रबन्धक रिजालले भने, “यस वर्ष ५ सय सदस्यलाई व्यवसायिक बनाउँदै २ करोड ६० लाख ऋण प्रवाह गर्ने र ११ लाख नाफा गर्ने लक्ष्य राखेका छौँ ।”
खसी–बोका व्यवसायमार्फत बैजनाथ सहकारी लाभान्वित

सम्पादकीय : पेट्रोलियम अन्वेषणमा ढिला नगर !

खसी–बोका व्यवसायमार्फत बैजनाथ सहकारी लाभान्वित

जुम्लाका महिलाले सुरु गरे धुप बत्ती उत्पादन

Leave a comment

Your email address will not be published. Required fields are marked *