लोक सेवा पहुँच कार्यक्रम’ देशका सातै प्रदेशमा 

सुर्खेत, १८ भदौ । 

लोक सेवा आयोगले देशका सातै प्रदेशमा ‘लोक सेवा पहुँच कार्यक्रम’ सञ्चालन गरेको छ ।  आयोग स्थापनाको ७५ औँ वर्षका अवसरमा प्रदेश, स्थानीय तह र विश्वविद्यालयहरूको समन्वय तथा सहकार्यमा देशका सातै प्रदेशमा ‘लोक सेवा पहुँच कार्यक्रम’ सञ्चालन गरेको लोक सेवा आयोग सुर्खेत कार्यालयका प्रमुख रुद्रबहादुर कार्कीले जानकारी दिए ।

आयोगको कार्यतालिकाअनुसार सोमबार कोशी र लुम्बिनी प्रदेशमा कार्यक्रम सम्पन्न गरिएको जनाउँदै कार्यालय प्रमुख कार्कीले भोलि भदौ १८ गते कर्णाली र मधेस, २० गते गण्डकी र सुदूरपश्चिम, २७ गते बागमती प्रदेशमा उक्त कार्यक्रम सम्पन्न गरिने बताए । कर्णालीमा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीसहितको सहभागिता हुने उनको भनाइ छ ।

“समाजमा अहिले पनि ठूलो सङ्ख्यामा युवा विद्यार्थी तथा सर्वसाधारण नागरिकले आयोगको निष्पक्ष परीक्षा प्रणाली, उम्ेमदवार छनोट प्रक्रिया, तयारी विधि र पारदर्शी चयन पद्धतिबारे पर्याप्त जानकारी छैन”, उनले भने, “अर्कोतर्फ आयोगमा पनि भनसुन हुन्छ भन्ने बुझाइको चिरफार गर्ने हेतुले आयोगले यो कार्यक्रम तय गरेको हो ।”

कर्णालीका १० जिल्लाबाट १० का दरले ६० जना, १२ जना विश्वविद्यालय, १० पत्रकारसहित करिब एक सय जनाको सहभागिता हुने कार्यालय प्रमुख कार्कीले बताए । पहिलो पटक सार्वजनिक रूपमा गर्न थालिएको सो कार्यक्रमबाट युवा विद्यार्थीलाई सार्वजनिक सेवाप्रति आकर्षण र विश्वास बढाउन सकिने आयोगको अपेक्षा छ ।

लोक सेवा पहुँच कार्यक्रम’ देशका सातै प्रदेशमा 

विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत

लोक सेवा पहुँच कार्यक्रम’ देशका सातै प्रदेशमा 

लुम्बिनी प्रदेशमा विपद्मा परी साउनमै ४३ ले

Leave a comment

Your email address will not be published. Required fields are marked *