कर्णालीका दुई जिल्ला जिल्लामा एनटी फाइबर पुग्न बाँकी

कर्णालीका दुई जिल्लामा नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट सेवाको पहुँच पुग्न बाँकी रहेको छ । कर्णालीका १० जिल्लामध्ये हुम्ला र मुगु जिल्लाबाहेकका जिल्लामा एनटी फाइबर इन्टरनेट सेवाको पहुँच पुगेको हो ।
नेपाल टेलिकमको २१ को बार्षिकोत्सवका पुर्वसन्ध्याका अवसरमा आयोजित पत्रकार सम्मेलनमा कर्णालीका दुई जिल्लामा फाइबर इन्टरनेट सेवा पुग्न नसकेको कर्णाली प्रदेश निर्देशनालयले जनाएको छ ।
कर्णालीका हुम्ला र मुगु जिल्लामा फाइबर सेवाको पहुँच पु¥याउनका लागि अहिले काम भइरहेको नेपाल टेलिकम कर्णाली प्रदेश कार्यालयका उप–प्रबन्धक मधुसुदन दाहालले जानकारी दिए । ‘हुम्लामा फाइबर सेवा पु¥याउनका लागि कालिकोटदेखि हुम्ला सम्मको अध्यायन भइसकेको छ । एक वर्षमा नै त्यहाँ फाइबर सेवा पुग्छ,’ उनले भने,‘मुगुमा भने अबको एक दुई महिनामा नै फाइबर सेवा पुग्छ ।’
कर्णालीका दुई जिल्लाका सात स्थानीय तहमा फोरजी सेवा पुग्न नसकेको उप–प्रबन्धक दाहालले बताए । उनका अनुसार अनुसार डोल्पाका तीन स्थानीय तह र हुम्लामा चार स्थानीय तहमा अझैँ पनि नेपाल टेलिकमको फोरजी सेवा पुग्न नसकेको हो । फाइबर नेट सबै जिल्लाका वडा तहमा पु¥याउने लक्ष्य राखिएको छ ।
कर्णाली प्रदेशभरमा नेपाल टेलिकमका दुई सय ८१ टावर रहेको छन् । कर्णालीमा सबै जिल्लामा टेलिकमको सेवा सुचारु नहुनुमा विद्युतको कमी भौभगलिक विकटता रहेको नेपाल टेलिकमका कर्णाली प्रदेश निर्देशनालयका निर्देशक डा. कमल लामिछानेले जानकारी दिए । विद्युत नहुँदा टेलिकमका टावर रातमा सुत्ने गरेका छन्,’ उनले भने,‘दिनमा चल्ने गरेका छन् ।’






