जुम्लामा पनि मनाइयो काेदाे दिवस

गाेल्डेन बुढा
जुम्ला,१६साउन ।
कुनै समयअघि जुम्लाको सिंजा गाउँपालिका – ५ र ६ का सबै गाउँबस्तीमा जताततै कोदो खेती गरिएको भेटिन्थ्यो । कोदोको रोटी खानेदेखि पिठो महँगोमा बिक्री भइरहेको थियो । तर, कोदोको उत्पादन घटेको छ । दशक अघिसम्म ७ क्विन्टलसम्म कोदो उत्पादन हुने बारीमा अहिले एक क्विन्टल पनि उब्जनी नहुने गरेको किसानहरु बताउँछन्।सिंजा -६ की दुधकली बुढाले कोदो बाली किसानले लगाउनै छाडेको बताउँछिन्।दैनिक उपभोग्य सामानहरु घरदैलोमा पुग्न थालेपछि कोदो खेती खेती गर्न छाडिएको हो।उनलेे भनिन् ‘कोदो फल्ने बारीहरु बाँझो छन्। यस्तै अर्का सिंजा -५ की प्याउरी बुढाका अनुसार अहिले कोदोको दाना भेटिए अचम्म मान्नुपर्ने अवस्था छ । ‘पाका पुस्ताहरुका कोदो फलाउने रहर देखिन्छ,’ तर,‘पछिल्लो पुस्ता दुःख गर्न रुचाउँदैनन्। उनिहरुका अनुसार कोदोको ढिँडो, रोटी बनाउने, केके र विस्कुटसमेत बनाउन सकिन्छ ।

जुम्लामा धेरैजसो किसानले कोदोको पिठोबाट रोटी खान्छन्।यस्तै शुक्रबार जुम्लामा पनि रैथाने बाली काेदाे संरक्षण तथा प्रवर्द्धनका गर्न काेदाे दिवस २०८२ मनाइएको छ।अन्तर्राष्ट्रिय कोदो दिवसको अवसरमा अर्गानिक कोदो खेतीको संरक्षण र प्रवर्द्धन गर्न दिवस मनाइएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।गत असर ३० गते बसेको मन्त्रिपरिषद् बैठकले साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’ का रूपमा मनाउने निर्णय गरेको थियो।उक्त निर्णय कार्यनयन गरेको कार्यालय प्रमुख रामअधिकारीले बताए।उनका अनुसार बहुगुणीका अन्नका कोदो खेती कम भइरहेकाे अवस्थामा सरकारले हरेक साउन १६ राष्ट्रिय दिवस मनाउने निर्णय गरेको हो।कोदोबाली पोषिलो तथा औषधीय गुण भएको बाली हो।जुम्लाको खेतीयोग्य जमिनमध्ये २ हजार ७ सय ४० हेक्टर क्षेत्रफलमा कोदो खेती भइरहेको छ।भने,३ हजार ८ सय ५० मेट्रिकटन कोदो उत्पादन हुने गरेको कृषि विकास कार्यालय प्रमुख अधिकारीले बताए। कोदोको उत्पादकत्व १.४१ प्रतिशत छ । सरकारले कोदो दिवस ‘कोदोजन्य परिकारको आहार,खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार भन्ने मुल नारा तय गरेको छ।

पछिल्लो समय जुम्लाका स्थानीय तह र केही सामुदायिक विद्यालयले पनि खाजानास्ता अर्गानिक रैथानी बालीहरुबाट बनाउने खुवाउने गरिरहेका छन् ।आजभोलि जुम्लामै कोदोको पिठो प्रतिकेजी एक सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । कोदोको दाना एक सय २० रुपैयाँमा बिक्छ ।कोदोमा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, लगायतका तत्वहरु पाइने गरेको छ । तौल घटाउन, मुटु सम्बन्धी रोग नियन्त्रण बनाउन, पेट स्वस्थ राख्न पनि कोदोको परिकार उपयुक्त हुने विज्ञहरुको भनाइ छ ।यस्तै कर्णाली प्रदेश भर १४ हजार ५ सय ६३ हेक्टरमा कोदो खेती भईरहेको छ।

गत आर्थिक वर्षमा १६ हजार ३ सय १० मेट्रिकटन कोदो उत्पादन भएको तथ्यांकले देखाउँछ।कोदोको उत्पादकत्व १.१२प्रतिशत छ । नेपालभर २ लाख २४ हजार ९ सय ३५ हेक्टर क्षेत्रफलमा कोदो खेती हुन्छ, भने गत आर्थिक वर्षमा नेपालभर कूल ३ लाख ७ हजार ३२ मेट्रिकटन कोदो उत्पादन भएको तथ्यांकले देखाउँछ।कोदोको उत्पादकत्व १.३४ प्रतिशत छ।काेदाे खेती ३ हजार ६ सय ५० मिटर उचाइसम्म हुने कृषि विज्ञहरू बताउँछन्।






