घरघरमा खानेपानीका धारा आएपछि मुर्माबासी खुसि


पर्यटकीय केन्द्र राराको काखमा रहेको मुर्मा गाँउका स्थानीयबासीको घरघरमा खानेपानीका आएपछि खुसी भएका छन् । यूएसयआईडी कर्णाली जल परियोजनाको ५१ लाख २१ हजार रुपैयाँ, छाँयानाथ रारा नगरपालिकाको ३२ लाख २७ हजार रुपैया र समुदायको १३ लाख ६२ हजार गरी जम्मा ८६ लाखमा उक्त आयोजना सम्पन्न भएको हो ।
घरघरमा धारा सञ्चालनमा आएपछि मुर्माबासी खुसी भएका हुन् । गाउँदेखि दुई घण्टा टाढाबाट पानी बोकेर खाँदै जीवन बिताउन बाध्य भएका थियौं आजभोलि घरघरमा धारा आउँदा नयाँ जुनी पाएको जस्तो लागेको मुमागाँउकी ६५ वर्षीया चौती रोकायाले बताइन् । अहिले घरघरमा धारा आउँदा निकै सहज भएको छ ।
विगतका दुःख सबै बिर्सिएको स्थानीय बालकृष्ण रोकायाले बताए । मुर्मा गाउँको खानेपानी समस्यालाई मध्यनजर गर्दै छोटो समयमा यो आयोजना सम्पन्न गरिएको हिमाली ग्रामीण युवा समाज विकास केन्द्र मुगुका कार्यकारी निर्देशक मिन रावलले बताए । घरघरमा खानेपानीका धार निर्माण गर्न सफल भएको कर्णाली जल परियोजनाका परियोजना प्रमुख सुनिलकुमार दासले बताए ।






