२०८३ मंसिर ७ गते
वीरेन्द्रनगर, सुर्खेत 15°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

रुकुमपश्चिममा अस्थायी आवासका लागि ७० करोड ८९ लाख निकासा


रुकुमपश्चिममा भूकम्पपीडितहरूको अस्थायी आवास निर्माणका लागि हालसम्म ७० करोड ८९ लाख ५० हजार रुपियाँ निकासा भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्ला विपद् कोषबाट जिल्लाका छ वटा स्थानीय तहमा रहेका स्थानीय विपद् कोषमा उक्त रकम पठाइएको हो । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले दिनुभएको जानकारीअनुसार हालसम्म २८ हजार ४३ जना लाभग्राहीको लागि पहिलो किस्ताबापतको उक्त रकम पठाइएको छ ।

पठाइएको सो रकमबाट स्थानीय तहले २२ हजार ६५ जना लाभग्राहीको खातामा ५५ करोड १६ लाख २५ हजार रुपियाँ जम्मा गरिसकेका छन् । प्रमुख जिल्ला अधिकारी पन्तले चौरजहारी नगरपालिकामा ६ हजार दुई सय ७९ जना लाभग्राहीको लागि १५ करोड ६९ लाख ७५ हजार रुपियाँ पठाइएकोमा ६ हजार एकसय ६५ जना लाभग्राहीको खातामा २५ हजार रुपियाँका दरले रकम जम्मा भइसकेको बताए ।

त्यसैगरी, आठबीसकोट नगरपालिकामा नौं हजार सातसय ३२ जना लाभग्राहीको लागि २४ करोड ३३ लाख रुपियाँ पठाएको छ भने नगरपालिकाले सात हजार सात सय २८ जना लाभग्राहीको खातामा १९ करोड ३२ लाख रुपियाँ जम्मा गरिसकेको छ ।

मुसीकोट नगरपालिकामा एक हजार ६ सय ६० जना लाभग्राहीको लागि पठाएको चार करोड १५ लाख रुपियाँमध्ये ६ सय ३५ जनाको खातामा मात्र पहिलो किस्ताको रकम जम्मा भएको छ ।

प्रशासन कार्यालयका अनुसार सानीभेरी गाउँपालिकामा पाँच हजार नौ सय २१ जना लाभग्राहीका लागि १४ करोड ८० लाख २५ हजार रुपियाँ पठाइएको छ भने गाउँपालिकाले चार हजार सातसय ८५ लाई पहिलो किस्ताको रकम दिइसकेको छ । त्रिवेणी गाउँपालिकामा दुई हजार सातसय ५२ जना लाभग्राहीका लागि जिल्ला विपद् कोषबाट प्राप्त छ करोड ८८ लाख रुपियाँ सबै लाभग्राहीको खातामा पुगेको छ ।

बाँफिकोट गाउँपालिकामा एक हजार ६ सय ९९ जना लाभग्राहीका लागि पठाइएको चार करोड २४ लाख ७५ हजार रुपियाँ कुनै पनि लाभग्राहीको खातामा पुगेको छैन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर अन्यत्र गएको र नयाँ नआएकाले उक्त रकम लाभग्राहीले पाउन सकेका छैनन् ।

रुकुमपश्चिममा अस्थायी आवासका लागि ७० करोड ८९ लाख निकासा

पञ्चपुरीमा एक युवक मृत फेला

रुकुमपश्चिममा अस्थायी आवासका लागि ७० करोड ८९ लाख निकासा

घरघरमा खानेपानीका धारा आएपछि मुर्माबासी खुसि