तीन महिनादेखि पुरै गाउँपलिका हात्ति आतंकबाट पिडित

हेमन्त पौडेल ।
कञ्चनपुरको लालझाडी गाउँपालिकामा तीन महिनादेखि हात्तिले आतंक मच्चाई रहेको छ । भदौको दोस्रो सातादेखि लालझाडी गाउँपालिकाको विभिन्न वार्डहरुमा प्रवेश गरेको हात्तिको बथानले धन जनको क्षति पुर्याएको छ । भारतको दुदुवा नेशनल पार्कबाट नेपाल प्रवेश गरेको करिब ४०, ५०को समूहमा रहेको हात्तिको बथानले लालझाडी क्षेत्रको घरहरु भत्काउनुका साथै खेतीको नोक्सान गरेको छ । भने लालझाडीका ५० वर्षिय रामदल रानाको हत्ति धपाउने क्रममा आत्तिको आक्रमणबाट मृत्यु भएको छ भने कहियौ किसानले पालेका गाई बस्तु र बाख्राहरु मारेको छ ।

यतिबेला लालझाडी गाउँपालिकाको वार्ड नम्वर १ देखि ५ नम्वर वार्डसम्म पुरै जनजीवन प्रभावित भएको छ । दिउँसोको समयमा हात्तिको बथान लालझाडी संरक्षित वन अनि सुक्लाफाँटा आरक्षमा गएर बस्ने रात परेपछि वस्तीमा प्रवेश गरि घर भत्काउने , उखु खाने तोरी र गहँु माडेर नोक्सान गर्दै आएको छ । दिनभरी कामले थाकेका स्थानीय बासिन्दा रातीमा आराम संग सुत्ने बेलामा हात्ति धपाउन गाउँलेहरु जम्मा भएर जाग्राम बस्नुपर्ने बाद्यता भएको लालझाडी गाँउपालिकाका अध्यक्ष निर्मल रानाले बताए । गाँउपालिकाको साधन स्रोतले भ्याएसम्म हात्ति धपाउने प्रयास गरेपनि हात्तिले गाउँ नछोड्दा स्थानीय बासिन्दाले निकै समस्या भोग्नुपरेको अध्यक्ष रानाले बताए । पालिकाका जेसिबि,ट्याक्टर, लतायतका सवारी साधनहरु प्रयोग गरेर होहल्ला गर्दै स्थानीय बासिन्दाहरुको उपस्थितिमा हात्ति धपाउने काम दिनचर्या जस्तै बनेको उनको भनााई छ ।

वितग तीन महिनादेखि लालझाडी गाउँपालिका स्थानीय बासिन्दा तथा जनप्रतिनिधिहरु रातभरी जाग्राम बस्नुपर्ने बाद्यता भएको पालिका उपाध्यक्ष सपना चौधरी रानाले बताए । कतिखेर कताबाट हात्तिको आक्रमणमा परिने हो भन्ने डरले रातभरी स्थानीय जाग्राम बस्ने गरेको उनको भनाई छ । वाढीका कारण प्रभावित लालझाडी क्षेत्रका बासिन्दा बल्ल तल्ल जीविकोपार्जनकालागि लगाएको उखुवारी नोक्सान गरेपछि स्थानीयलाई छाक टार्ने समस्याको पिरलो हुने गरेको छ । एकातिर ज्यान बचाउन गाह्रो भएको अवस्थामा अर्कोतिर खेती जोगाउन धौ धौ भएपछि स्थानीयहरु निकै संकटमा परेकाछन् । हरेक वर्ष भारतको दुधवा नेशनलपार्कबाट आउने अत्तिको आतंक बाट कञ्चनपुरको पुनर्वास,बेलौरी र लालझाडी गाउँपालिका निकै प्रभावित हुने गरेको छ ।

हात्तिको घर भत्काउँदा,अन्नपात नष्ट पार्दा र उखु खाएर नोक्सान पारेपछि स्थानीय बासिन्दाहरु दैनिक गाउँपालिकामा आएर बस्ने बास र खाने गासको ब्यवस्था मिलाई दिन आग्रह गर्दै आएकाछन् । पालिकाको स्रोत साधनको अभावमा स्थानीयलाई प्रयाप्त सहयोग गर्न नसकेको गाउँपालिकाका कार्यालय प्रमुख राजबहादुर सार्कीले बताए । बत्ति नपुगेको वस्तीहरुका स्थानीय बासिन्दाहरुले टर्च लाईटको ब्यवस्था गरिदिन गाउँपालिका संग आग्रह गर्दै आएका छन । विद्युत जडान गर्न सक्ने ठाउँमा पालिकाले केही बल्वहरु लागाएर आत्ति लाई धपाउने प्रयास गरेपनि पालिकाका धेरै स्थानमा बत्ति नहुँदा हात्तिको बथान सोही क्षेत्रमा जाने र क्षति गर्ने गरेको स्थानीय बासिन्दा रेख कुमारी रानाले बताए । टर्च लाईट भएको भएपनि रातीको समयमा सुरक्षित स्थानतर्फ भाग्न सजिलो हुने उनको भनाई छ ।

हात्तिको आतंकको खवर पाएपछि कञ्चनपुरको प्रशासन ,प्रहरी ,वन कार्यालय ,राष्ट्यि निकुञ्जका प्रमुख तथा स्थानीय जनप्रतिनिधिहरुको बैठक बसेको थियो तर स्थाई समाधानका लागि ठोस निर्णय हुन नसक्दा स्थानीयले राहात महुशुस गर्न सकेका छैनन् । हात्तिको आतंकबाट त्रसित बनेका स्थानीय बासिन्दाहरुसंग भेटघाट गरेर फर्कनु भएका भूमि ब्यवस्था ,कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले जनताले भोगेको समस्या समाधानकालागि प्रदेश सरकारले केही समाधानका उपायहरु अवलम्बन गर्ने योजनामा रहेको बताए । हात्तिको आतंकबाट प्रभावित रहेको लालझाडीको जनजीवनलाई सहजता बनाउने तर्फ आफ्नो ध्यानकर्षण भएको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बताए । जनताले भोग्दै आएको समस्यामा के गर्न सकिन्छ भन्ने विषयमा सोमवार विहान सरोकारवाला निकायसंग बसेर छलफलगर्ने उनले जानकारी दिए । सरोकारवाला निकायसंगको छलफलपछि आवश्यक परेमा स्थलगत निरिक्षणमा निस्कने मूख्यमन्त्री शाहले बताए ।

तीन महिनादेखि पुरै गाउँपलिका हात्ति आतंकबाट पिडित

कर्णाली समृद्धिका लागि ५२ खर्ब लगानी लाग्ने