रवि लामिछानेले बुझाए निष्क्रिय नागरिकताबाट बनाएको राहदानी

काठमाडौं, माघ १५
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राहादानी विभाग पुगेर राहादानी बुझाएका छन्। निष्क्रिय नागरिकताको प्रयोग गरी लिएको राहादानी लामिछानेले फिर्ता गरेका हुन्। ‘उहाँले आज राहादानी फिर्ता गर्नुभएको छ,’ लामिछानेनिकट स्रोतले भन्यो।
जिल्ला प्रशासन कार्यालयबाट आइतबार नागरिकता पुनः प्राप्ति गरेसँगै निष्क्रिय नागरिकताबाट जारी भएको राहादानी लामिछानेले बुझाएका हुन्। अमेरिकी राहदानी भएकै बेला निष्क्रिय रहेको नेपाली नागरिकता देखाएर लामिछानेले नेपाली राहदानी पनि लिएका थिए। झुठा विवरण पेस गरी नेपाली राहदानी लिएको भन्दै उनीविरूद्ध परेको मुद्दामा अनुसन्धान भइरहेको छ।
सेताेपाटी






