बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेट

काठमाडौं, १५ माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओलीबिच भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी हुने बताइएको छ। स्रोतका अनुसार प्रचण्ड र ओलीबीच रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउने कि नबनाउने विषयमा समेत छलफल हुनेछ।

नागरकिता विवादमा सर्वोच्च अदालतले शुक्रबार लामिछानेको मन्त्री र सांसद पद बदर गरिदिएको थियो। लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिइसकेका छन्। लामिछानेलाई पुनः गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड इच्छुक छैनन्। माओवादी नेताहरूले गृह मन्त्रालय आफैंसँग राख्नुपर्ने तर्क गरेका छन्।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेट

कर्णालीका जनताको लागि कामदार हुँ : मुख्यमन्त्री

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेट

रवि लामिछाने फेरि बने राष्ट्रिय स्वतन्त्र पार्टीका

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!