विद्यार्थी राजनीति अब ‘क्लास’मा हुनुपर्छ

सूर्य शाही । अहिले नेपालका प्रायः विश्वविद्यालयहरूले स्वतन्त्र विद्यार्थीको युनियनको निर्वाचन सम्पन्न गरेका छन् । अधिकांशमा नतिजा आइसकेको छ । कतिपयमा भने निर्वाचन प्रक्रियामै छ । कतै मिति तय भएको छ भने कतै अन्यौल छ । विजय भएका विद्यार्थी सङ्गठन, उम्मेदवार र समर्थकहरू विजय उत्सव मनाइरहेका छन् ।

पराजितहरू दुःख मनाउ गरिरहेका छन् । त्योबाहेक अन्य विश्वविद्यालय निर्वाचनको मिति तय भएसँगै तयारीमा जुटिसकेका छन् । विद्यार्थी सङ्गठनहरूमा चुनावलाई लिएर उत्साह र उमङ्ग छ । साथै लोकतान्त्रिक प्रकृयाअनुसार उम्मेदवार चयन गर्ने, मनोनयन दर्ता गर्नेलगायत आन्तरिक तयारीमा जुटिसकेका छन् ।

विद्यार्थी सङ्गठनहरू र विद्यार्थी नेताहरूमा खुसी, उत्साह र उमङ्ग पनि किन नहोस् जबकी देशैभरका सम्पूणर् विश्वविद्यालयहरूमा बिगत ७/८ वर्षपछि निर्वाचन भयो/हुँदैछ । आम मतदाता विद्यार्थीहरू पनि लोकतान्त्रिक प्रकृयामार्फत् आफ्नो मताधिकारको प्रयोग गरी विद्यार्थीको साझा हक, हितका लागि ऊर्जावन, सक्षम, सिर्जनशिल विद्यार्थी नेता चयन गर्न उत्सुक हुने नै भए । त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालयलगायत देश भरका सम्पूर्ण विश्वविद्यालयहरूमा बिगत ७/८ वर्षदेखि स्ववियु चुनाव गर्न नसक्नुले विश्वविद्यालयहरूमा विद्यार्थी हकहितमा लागि, शैक्षिक गुणस्तरमा सुधारका लागि विद्यार्थीहरूको आवाज उठाउने व्यक्ति नहुनु, विद्यार्थीहरूको कार्यक्रमका लागि विश्वविद्यालयहरूमा छुटाउने बजेट फ्रिज हुनेलगायत थुप्रै क्षति भने बिगत ७/८ वर्षदेखि भएको छ ।

अर्कोतर्फ केही महिनाअगाडि स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाका लागि सम्पन्न निर्वाचनहरूमा स्वतन्त्र उम्मेदवारहरूको क्रेज र स्वतन्त्र उम्मेदवारहरूप्रति आम मतदातको आकर्षण बढ्नुको कारणहरूमध्ये एउटा कारण समयमा स्ववियु निर्वाचन नहुनु पनि हो । आम मतादातहरूमा राजनीतिक दलहरूका अराजनीतिक गतिविधिबाट आजित हुनु र नयाँ, ऊर्जावान, सिर्जनशील साथै आम मानिसको भावना बुझ्न सक्ने चुनावमा उम्मेदवारहरू चाहानु तर त्यसका लागि योग्य सक्षम, ऊर्जावान, सिर्जनशील र आम मानिसको भावना बुझ्न सक्ने विद्यार्थी नेताहरू बिगत ७/८ वर्षदेखि स्ववियु निर्वाचन समयमा नहुँदा उनीहरूको राजनीतिक मार्ग नै बन्द भएको थियो ।

उनीहरूको राजनीतिक मार्ग अन्यौलमा परेकाले राजनीतिभन्दा पनि गैरराजनैतिक स्वतन्त्र उम्मेदवारहरूप्रति आम मतदातहरूको आकर्षण बढेको हो । भारतका पूर्वउपराष्ट्रपति, भारतीय काङ्ग्रेसका नेता तथा समाजवादी विचारधाराका अनुयायी जसलाई भारतमा जननायक पनि भनिन्छ, नेता राम मनोहर लोहियाले ’विद्यार्थी और राजनीति’ भन्ने एउटा पुस्तिकामा,’ यदि विद्यार्थी राजनितीमा गर्न चाहँदैन र राष्ट्रिय राजनीतिमा वास्था नै नराखी जस्तो चलेको छ त्यस्तै नै चल्न दिन्छ भने त्यो सबै भन्दा मुलुकका लागि खतरा हुन्छ,’ भन्ने कुरा उल्लेखगरी विद्यार्थी राजनीतिको भूमिका र महत्वबारे प्रष्ट पारेका पारेका छन् ।

राजनीतिज्ञहरूको गतिविधि, नीति कार्यक्रम वा राज्य सम्पूर्ण राजनीतिक अवस्थाको अध्ययन गर्ने निरीक्षण गर्ने भूमिका निर्वाह गर्दछन् । विद्यार्थी सङ्गठनहरू एउटा दबाब सिर्जना गर्ने निकायका रुपमा रहेका हुन्छन् । जसले अन्याय, अव्यवस्था, कुव्यवस्था असमानताका विरुद्ध दबाब सिर्जना गर्दछन्। विद्यार्थी राजनीतिबाटै नीति बनाउन र ल्याउन आवाज उठ्छन् र उठाउँछन् । विद्यार्थीहरूमा राजनीति चेतना भए उसले आफ्नो घर, समाज, राष्ट्रमा राजनैतिक चेतना फैलाउँछन्। सामाजमा स्वच्छ सुसंस्कृति राजनीतिक वातावरण बनाउन विद्यार्थी राजनीति र विद्यार्थी सङ्गठनहरूले धेरै मद्दत पुर्‍याउँछन् ।

दलगत रूपमा भएका गलत निणर्यलाई पुनारोवलोकन र सच्याउन विद्यार्थी सङ्गठनहरूले महत्वपूणर् भूमिका निर्वाह गर्दछन् । तसर्थ विद्यार्थी राजनीति र स्ववियु निर्वाचनले विद्यार्थी नेता मात्र जन्माउने नभई समग्र देशका लागि नया, ऊर्जावान, सक्षम, सिर्जनशील र सक्षम नेतृत्व जन्माउने प्रकृया पनि हो। विश्वका उत्कृष्ट मानिएको नेताहरू प्राय विद्यार्थी राजनीतिबाट नै आएका छन् । विद्यार्थी राजनीतिको र स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको महत्वमाथि प्रकाश पारिरहँदा त्यो भन्दा महत्वपूणर् पक्ष विद्यार्थी राजनीति, विद्यार्थी सङ्गठनहरू र विद्यार्थी नेता हु भन्नेहरू के सही राजनैतिक मार्गतिर हिडिँरहेका छन् ? वा सही राजनीतिक मार्ग तिर निर्देशित छन् कि छैनन् सबै भन्दा महत्वपूर्ण पक्ष हो ।

हाल भैरहेको र हुन लागेको स्ववियु निर्वाचनमा अवैचारिक र अनइथिकल विद्यार्थी सङ्गठनहरूबीच भएको गठबन्धनले हामी सुसंस्कृत राजनीति चाहने आम विद्यार्थीहरूलाई भने झस्काइ दिएको छ । त्योबारे सोच्न बाध्य पार्दिएको छ । वर्तमान नेपालमा देखिएको राजनतिक दृश्य राजनीतिक दलहरूबीच अवैचारिक र भागबण्डाको गठबन्धन गर्ने संस्कार स्ववियु निर्वाचनमा पनि अवलम्बन गर्नुले आम मतदाताको विद्यार्थीहरूको उत्साह र मतदान गर्ने उत्सुकता घटाएको छ भने सु-संस्कृत राजनीतिक आधार निर्माण गर्ने विश्वविद्यायमा हुने विद्यार्थी राजनीति र विद्यार्थी नेताहरूले गठबन्धन अस्वीकार र आलोचना गर्न सक्नुले उनीहरूको कायरता प्रदर्शन गर्नुका साथै उनीहरूका साहस र नियतमाथि नै शङ्का उत्पन्न गराएको छ ।

अर्कोतिर विद्यार्थी सङ्गठन बिचको गठबन्धनका कारण केही गर्न सक्ने सक्षम, फ्रेस र नयाँ सोच भएका, ऊर्जावान र सिर्जशील, आम विद्यार्थीको भावन बुझ्न सक्ने विद्यार्थी नेताहरूले ठाउँ पाएका छैनन् र उनीहरूको राजनैतिक मार्ग पनि अन्यौलमा परेको छ । गठबन्धनका कारण निर्वाचन लडेर आउने, कुनै राजनीतिक दलको नेताहरूको पेण्डुलम विद्यार्थी नेताहरूबाट सिर्जना हुने भयावह स्थितिबारे पनि हामी आम विद्यार्थीहरूलाई चिन्ता पैदा गरेको छ । विद्यार्थी सङ्गठनहरूको कुनै छुट्टै अस्तित्व नभई कुनै राजनैतिक दलको विचारधारा पछ्याउने तथा त्यो राजनीतिक दलको एक भ्रातृ सङ्गठनहरू मध्येको एक सङ्गठनहरू नै हुन् ।

यदि कुनै राजनीतिक दलमा कुनै पनि विचार धारा नभएमा त्यो राजनीतिक दल केवल दल नभइ केवल दलदल मात्र रहन्छ र त्यसका भ्रातृ सङ्गठनहरू पनि दलदलमै फसिरहन्छ्न् । कुनै राजनीतिक दलहरूको विचार बोकेका विद्यार्थी सङ्गठनहरूले आफ्नो दलहरूले गरेको निणर्यहरू दलहरूका भ्रातृ सङ्गठनहरूले मान्नु पर्दछ तर आफ्नो दलहरूले गरेका सम्पूणर् निणर्यहरू सही नै छन् भन्ने मानसिकता राखी आफ्नो राजनतिक दलहरूले गरेका गलत गतिविधि, गलत संस्कार र अभ्यास साथै गलत निणर्यहरूविरुद्ध विद्रोह गर्न नसक्ने र नचाहने, आफ्नो व्यक्तिगत स्वार्थका लागि विद्यार्थी सङ्गठनहरूलाई नै पेण्डुलम बनाउने विद्यार्थी राजनीतिका कारण विद्यार्थी सङ्गठनहरूको औचित्यमाथि प्रश्न खडा गरेको छ ।

विद्यार्थी राजनीतिमा पनि राष्ट्रिय राजनितिमा गरिएको गलत अभ्यासहरूलाई अबलम्बन गर्न अस्वीकार नगर्ने, आफ्नो दलहरूको गलत निणर्यविरुद्ध विद्रोह गर्न नसक्ने, व्यक्तिगत स्वार्थिलाई हाबी गराइ जस्तोसुकै सम्झौता गर्न सक्ने नेताहरूले गर्दा उसलाई नेता मानिरहँदा विश्व विद्यालयहरूमा भएका गलत कृयाकलाप र विसङ्गति व्यक्तिगत स्वार्थका कारणले ढाकछोप नगर्लान् र भन्ने शङ्का र चिन्ता पनि पैदा गरेको छ । नेपालमा २०३६ सालमा विद्यार्थी आन्दोलनको दबाबमा भएको जनमत सङ्ग्रह होस्, २०४६/४७ सालको पहिलो जन आन्दोलन होस् वा २०६२/६३ सालको दोस्रो जन आन्दोलन होस् विद्यार्थीहरूको ऊर्जाले नै सफल भएका हुन् ।

नेपालको र विश्वका ऐतिहासिक विद्यार्थी राजनीति र विद्यार्थी आन्दोलनलाई पनि हाम्रो विद्यार्थी सङ्गठनहरूले एक पटक पछाडि फर्किएर त्यसबाट केही सिक्नु पर्दछ । सन १९६८ मा पेरिसको एउटा विश्व विद्यालयमा उठेको एउटा सानो इस्युले समग्र युरोप, अफ्रिकालगायत अन्य महादेशको राजनीतिमा नै परिवर्तन ल्यायको थियो । जुन आन्दोलनको नारा ’पावर टु इम्याजिनेसन’ अर्थात् तत्कालीन शासक र दलहरूको सङ्कीणर् दायरामा हामी विद्यार्थीहरू सोच्दैनौ, तपाइहरूको सही र गलतको बिचमा हामी विद्यार्थीहरू आफ्नो सत्यको खोजी गर्ने छौँ । हामी तपाईंहरूको सङ्किणर्ताको दुनियामा हैन हामी आफ्नै नयाँ दुनियाको खोजी गर्छौं भन्ने थियो ।

यस आन्दोलनबाट नै थाहा हुन्छ विद्यार्थी राजनीति र विद्यार्थी सङ्गठनहरूमा कति ऊर्जा, नयाँ सोच र सिर्जनात्मकता हुन्छ भन्ने । विचार धाराका प्रतिक राजनीतिक दलहरू हुन् ती दलहरू कुनै निश्चित दायरा हुनुपर्दछ तर त्यो दलहरूका विद्यार्थी सङ्गठनहरूलाई कुनै निश्चित दायरामा राख्नु हुँदैन । विद्यार्थी राजनीतिलाई अर्थात् विद्यार्थी सङ्गठनहरूलाई सङ्कुचित दायराभित्र राख्नु विद्यार्थी राजनीतिको ऊर्जा, भिजन, सिर्जनात्मकताला नष्ट गर्नु हो भन्ने यस पेरिस आन्दोलनको महत्वपूणर्, जसले सन्देश हो जसले विश्व राजनीतिमा नै परिवर्तन पनि ल्यायो । यो आन्दोलनबाट नेपालका राजनीतिक दलका भ्रातृ सङ्गठनहरूले, विद्यार्थी राजनीति कस्तो हुनु पर्दछ भन्ने सिक्नु पर्दछ ।

नेपालका सम्पूर्ण विश्वविद्यालयहरूमा भएको र हुने स्ववियु निर्वाचनमा राजनीतिक दलहरूले विद्यार्थी सङ्गठनहरूलाई हस्तक्षेपगरी अवैचारिक भागबण्डाको लागि गठबन्धन गरी विद्यार्थी राजनीति र सङ्गठनहरूलाई दलहरूले सङ्किणर्दायराभित्र राख्नु विद्यार्थी राजनीतिको ऊर्जा, सिर्जनात्मकता र क्षमतालाई नष्ट गर्नु हो । विद्यार्थी राजनीति र समग्रमा प्रजातन्त्रकै सुन्दर पक्ष भनेको दलहरूले वा जो सुकैले गरेका गलत कार्य कदमविरुद्ध प्रश्न र विरोध गर्नु हो र विद्यार्थी सङठनहरूले विरोध र प्रश्न नै गर्दैनन् भने, विद्यार्थीहरूको मुद्दाको लागि नभई पदीय भागबण्डाको लागि गरिएको गठबन्धन अस्वीकार गर्दैनन् भने न त विद्यार्थी राजनितिमा विद्यार्थीहरूका मुद्दाले ठाउँ पाउँछन् न त शैक्षिक आन्दोलनले नै सार्थकता पाउँछ न त विद्यार्थी राजनितिको ऊर्जा र सिर्जनात्मक्ता नै सदुपयोग हुन्छ न त विद्यार्थी राजनीतिकै औचित्य नै रहन्छ । गलत अभ्यास र सस्कारबाट भविष्यमा राष्ट्रिय राजनीतिक नेतृत्वदायी भूमिकामा विद्यार्थी नेता पुगेमा समग्र देशले नै नराम्रो मूल्य चुकाउनु पर्ने छ।

तसर्थ अहिलेदेखि विद्यार्थी राजनीति र विद्यार्थी सङ्गठनहरू सुसंस्कृत राजनितिको पक्षमा उभिएनन् भने, शुशासनको पक्षमा विद्यार्थी सङ्गठनहरू उभिएनन् भने भविष्यमा विद्यार्थी राजनीतिबाट नै राष्ट्रिय राजनीतिको नेतृत्वदायी विद्यार्थी नेताहरू पुगेछन् भने तिनीहरूले राजनीतिलाई सुसंस्कृत बनाउँछु, देशलाई सुशासन र समृद्द बनाउछु भन्नू आफूले नै हरियो रुखको जडा काटेर त्यो सुकेपछि त्यो रुखलाई हरियो रङ्गले पोतेर हरियो बनाउनु जस्तै हो । विद्यार्थी राजनीति नै देशको लागि नेतृत्व पाउने एउटा प्रकृया भएकाले राजनीतिक संस्कारलाई विद्यार्थी राजनितिदेखि नै सुसंस्कृत बनाउनु पर्दछ ।

अन्त्यमा नियमित विद्यार्थीहरूले विद्यार्थी संगठहरूको सदस्यमा प्राथामिकता पाउनु पर्दछ । अब विद्यार्थी राजनीति गिलासमा होइन क्लास हुनुपर्दछ । विद्यार्थी राजनीतिमा बौद्धिक क्रान्ति हुनुपर्छ। फरक-फरक विचारधारा भएको विद्यार्थी सङ्गठहरूबीच गठबन्धन होइन प्रतिस्पर्धाको बन्धन हुनुपर्दछ ।

(मध्यपश्चिम विश्वविद्यालय ‘स्कुल अफ ल’का विद्यार्थी हुन् ।) इकागजबाट 

विद्यार्थी राजनीति अब ‘क्लास’मा हुनुपर्छ

निर्माण व्यवसायी महासंघको अध्यक्षमा विसी

विद्यार्थी राजनीति अब ‘क्लास’मा हुनुपर्छ

YUGAAWHAN NATIONAL DAILY (2079-12-13)

Leave a comment

Your email address will not be published. Required fields are marked *